जनप्रतिनिधि र कर्मचारीलाई तनाव व्यवस्थापन तालिम 

  • जेठ ११, २०८२

बागलुङ - बागलुङ नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई तनाव व्यवस्थापनका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि र विभिन्न शाखामा कार्यरत कर्मचारी र पत्रकार गरि ७० जनाभन्दा बढीको उपस्थितीमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको हो ।

मनोचिकित्सक प्रोफेसर डाक्टर सरोज प्रसाद ओझाले प्रशिक्षण दिनु भएको थियो । तनावका हुनुका कारण, यसको पहिचान र तनावकै करण कार्यालय, संघ संस्था, परिवार र समाजमा हुने क्षतीलाई रोक्नका लागि यसको व्यवस्थापनका विषयमा डाक्टर ओझाले प्रशिक्षित गरेका थिए । 

जनताको चासो, चिन्ता, गुनासा र समस्या समाधानमा खटिने जनप्रतिनिधि र कर्मचारीलाई उर्जावान बनाउनका लागि नगरपालिकाले तनाव व्यवस्थापन कार्यक्रमको आयोजना गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए  । अन्य समायमा भन्दा आर्थिक वर्षको अन्त्यको समय कर्मचारी र जनप्रतिनिधिका लागि बढी तनावपूर्ण समय हुने भन्दै नगरप्रमुख श्रेष्ठले तनावका कारण कार्यक्षेत्र प्रभावित नहोस भनेर कार्यक्रम आयोजना गरिएको बताए । 

नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण तालिमको सहजिकरण भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया