बागलुङमा दुई थरी मुल्य गर्ने पानी उद्योगलाई २ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशाशन कार्यालय बागलुङले २० रुपैँया मा पाइने ५० मा बेचेको भन्दै कारबाही गरेको हाे ।
महालक्ष्मी मिनिरलस् एण्ड बेभेरेज प्रालि द्वारा बजारमा ल्याइएको कालिका पानी उत्पादन कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको हो । एउटै कम्पनीको पिउने पानी फरक–फरक मूल्यमा विक्री गरेको पाइएपछि उद्योगलाई जरिबाना गरेको हो ।
उक्त कम्पनीले होटल दि राजनमा २० रुपैया पर्ने पनी लीई ५० रुपैयाँ मूल्य राखेको पाइएपछि जरिबाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पानी कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाहि गरिएको बरालको भनाई छ ।
ऐनको दफा १६ को २ (क) मा वस्तु वा सेवाको वास्तविक गणुस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लकुाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा विक्री वा प्रदान गर्न नपाइने उल्लेख छ । सहायक प्रजिअ बरालले पानी उत्पादन कम्पनीले प्रति बोतल ५० रुपैयाँको मूल्य टाँसेर १३ रुपैयाँमा होटल दिराजनलाई खुद्रा विक्री गरेको बताए । तर होटलले उक्त पानीलाई ५० रुपैयाँमा विक्री गर्ने गरेको छ ।
त्यस्तै मोदी पिउने पानीले पनि उपभोक्तालाई ठेग्ने गरेको पाइएको छ । मोदी पिउने पानी बागलुङ बजारमा प्रति बोतल २० रुपैयाँ मूल्य राखेको र होटल पिस प्यालेसबाट विक्री हुने उक्त पानीको बोटलमा मूल्यनै नराखेको पाइएको सहायक प्रजिअ बराल बताए ।