बागलुङ नगरपालिका—९ बालमैत्री वडा घोषणा

  • पुस १७, २०८१

बागलुङ- बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा ९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री स्थानीय शासन युक्त घोषणालाई कार्यान्वयनमा लैजानका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । पछिल्लो समय गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएपछि विद्यार्थीको संख्या घट्दै गएको उहाँको भनाइ छ ।
अब गाउँमा थोरै विद्यालय तथा आवासीय सुविधासहितको हुनु पर्नेमा थापाले जोड दिए । शिक्षालाई गुणस्तरीय, व्यवहारीक र जीवन उपयोगी गराउनुपर्ने पर्ने थापाले बताए । गाउँमा विकास जाने तर मानिस सबै बजार झर्ने गरेको उनको भनाइ छ । कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताए । पौष मसान्तसम्म नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने उनको भनाइ छ । यसअघि बानपाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो ।
अब ८, १० र १२ नम्बर वडालाई घोषणा गर्न बाँकी रहेको र घोषणाको समय पनि तोकिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव गणेश थापा, समन्व्य समितिका सदस्य हरिकला पौडेल, बानपा ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति सीता शर्मा, सिवाइसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले मंतव्य व्यक्त गरेका थिए । 
तित्याङ माविका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय, तित्याङ स्वास्थ्य चौकीका प्रमुख नारायणप्रसाद पौडेल, स्थानिय बाल संजालका अध्यक्ष निश्चल थापा र तित्याङ माविका बिद्यार्थी कवुल थापाले पनि मंतव्य व्यक्त गरेका थिए । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा अध्यक्ष राजु थापाले प्रस्तुत गरेका थिए । घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष राजु थापाको अध्यक्षता, वडा सदस्य राजु खड्काको स्वागत तथा टिका थापा र इन्द्रा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया