पूजापाठ गरेर बालुवाटारस्थित सरकारी निवास छिरे प्रधानमन्त्री बालेन्द्र शाह

  • चैत १३, २०८२

काठमाडौ ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह पूजापाठ गरेर बालुवाटारस्थित सरकारी निवास छिरेका छन् । शुक्रबार प्रधानमन्त्रीको निवासमा प्रवेश गर्ने क्रममा बालेनले पूजापाठ गरेका हुन् । प्रांगणमा विधिपूर्वक पूजा गर्नुका साथै उनले प्रवेशद्वारमा पनि पूजा गरेका थिए । बालेनले शुक्रबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथका लागि पनि मध्याह्न १२:३४ को शुभसाइत रोजिएको थियो ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की निजी निवासमा फर्किएपछि बालेनका लागि बालुवाटार खाली गरिएको थियो । 

प्रतिक्रिया