भुकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

  • कार्तिक १८, २०८०

बागलुङ- शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पका कारण शनिबार साँझ ५ बजे सम्मको मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।
रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । दुवै स्थानमा गरेर १६६ जना घाईते भएका छन । 
८५ घाइतेमध्ये ४० जना उपचाररत छन्। १५ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ भने ३० जनालाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना लगायतका विभिन्न निकायहरु उद्धारका लागि खटिएका छन । भुकम्प प्रभावित क्षेत्रमा सरकार, प्रदेश सरकार र विभिन्न स्थानिय सरकारले राहत र उद्धारमा सहयोग गरेका छन ।  
 

प्रतिक्रिया