 
                                                                                
                                    बागलुङ- पाँच दलिय गठबन्धन बागलुङले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको भौगोलिक र राजनैतिक अवस्थाको वास्ताविकता नबुझी गरेको निर्णयले आम नागरिकहरुको ध्यानाकर्षण भएको बताउँदै वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यामदत्त कँडेलले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।
तंग्राममा नेपाली काँग्रेसको बलियो खम्बाको रुपमा स्थापित र समाजसेवा अहोरात्र लागि पर्ने कँडेलले नेपाली काँग्रेसले निर्णय गर्दा भौगोलिक र राजनैतिक अवस्थाको वास्तविकतामा टेकेर निर्णय गर्ने कुरामा विश्वास लिदै आफ्नो उम्मेदवारी फिर्ता गरेको विज्ञप्ति मार्फत जानकारी गराएका हुन् । उनी नेपाली काँग्रेसको १४औं अधिवेशनबाट काँठेखोला गाउँपालिका कार्य समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । 
नेपाली काँग्रेसको इमानदार कार्यकर्ताको हैसियतले स्थानीय निर्वाचनको माहोल एकातिर रहँदा रहँदै २०३६ सालदेखि गर्दै आएको समाजसेवा र राजनैतिक लगानीलाई जीवन्त राख्न कठिन निर्णय लिनुपर्ने अवस्था आएको बताउँदै कँडेलले मेरो निर्णयबाट वडाबासीमा पर्न गएको जस्तै प्रकारका कठिनाईलाई आफुले आगामी दिनमा सँगै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गठबन्धन दलको मर्म र भावनालाई अभैm मजबुत बनाई निर्णय प्रक्रियाबाट विचलित आम नेपाली काँग्र्रेसका कार्यकतालाई थप हौसला सहित गोलबद्ध भई नेपाली काँग्रेसलाई थप सशक्त पार्टीको रुपमा स्थापित र निर्वाचनमा कुनै किसिमको लोभ लालच तथा चुनाव केन्द्रित अवसरलाई उपयोग नगरी पार्टीको हितमा काम गर्न सबै कार्यकर्तालाई कँडेलले सचेत बनाएका छन । 
स्वतन्त्र वडा अध्यक्षको उम्मेदवार जनताको माग अनुसार बनेको र जनताकै हितमा हुने गरी आफुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिदै कँडेलले मैले प्राप्त गरेको मुढा चिन्हमा कोही कसैले मतदान नगरीदिन वडाबासी आम मतदातामा अनुरोध गरेका छन् । तंग्रामबासी जनताको अनुरोधमा रहेको मेरो उम्मेदवारी फिर्ताले जिल्ला भर पाँच दलिय गठबन्धनको पक्षमा निर्णय हुने विश्वास लिएको बताउँदै सभापति कँडेलले कार्यकर्ताको लगानी र संगठनको अवस्था बुझेर निर्णय गर्नु पर्नेमा सबै राजनैतिक दलको नेतृत्वलाइ ध्यानाकर्षण समेत गराएका छन् ।