• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • स्वास्थ्य

बागलुङमा जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समिति गठन

  • माघ २८, २०७९

बागलुङ- जिल्लामा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा शुक्रबार प्रजनन् स्वास्थ्य समिति गठन गरिएको हो ।

समितिको सदस्यमा धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि, सम्बन्धित वडाका अध्यक्ष र पब्लिक हेल्थ नर्स रहेका छन् । समितिको सदस्य सचिवमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा रहेका छन् ।

जिल्लाको समग्र यौन तथा प्रजनन स्वास्थ्य सुदृढीकरणको लागि आवश्यक सहयोग प्रदान गर्न स्वास्थ्य निर्देशिका बमोजिम जिम्मेवार निकायका अधिकारी तथा विज्ञहरु सम्मिलित समिति गठन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

जिल्लाको यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकारका क्षेत्रमा प्राविधिक सहयोग, समन्वय, सहजीकरण र अनुगमन तथा सुपरीवेक्षण गर्ने, तथ्यांक विश्लेष्ण र मुख्य सूचाकहरुको आधारमा समस्या पहिचान गर्ने, अध्ययन अनुसन्धानमा आवश्यक सहयोग गरी जिल्लाको यौन तथा प्रजनन् स्वास्थ्य सेवाको समतामुलक पहुँच र गुणस्तरीयताका लागि पैरवी गर्ने समितिको काम, कर्तव्य र अधिकार रहेको सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालय बागलुङका मुख शर्माले बताए ।

समिति गठनका क्रममा धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. अमित ढुंगानाले अस्पतालबाट दिइने प्रजनन् स्वास्थ्य सेवाबारे जानकारी गराएका थिए ।

शिक्षा तथा समन्वय इकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य प्रबर्द्धनको लागि विद्यालयका ८–१२ कक्षा बिद्यार्थीहरुलाई केन्द्रित गरी विद्यालय नर्समार्फत कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने बताए ।

प्रतिक्रिया