नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चयन भएका हुन । समितिका सदस्यहरुमा मनिषा शर्मा, प्रवेश पौडेल, काली प्रसाद भण्डारी, आशिष शर्मा, राधा पौडेल, कमला थापा अग्नि आचार्य, डिल्ली प्रसाद शर्मा, सृष्टि थापालाई चयन गरिएको हो ।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापाले नवगठित कार्यसमितिले पेशागत मर्यादालाई कायम गर्दै आफ्ना हकअधिकारलाई प्रभावकारी ढंगले लागुगर्न रचनात्मक पहल गर्न सक्रिय रहनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका धौलागिरी क्षेत्रका अग्रज कम्युनिस्ट नेता एवं नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्माले समाजवादको एजेन्डालाई जनता माझ पुर्याउन पेशागत संगठनको महत्त्वपूर्ण भुमिका रहने भएकाले आफ्नो पेशागत जिम्मेवारीलाई केन्द्रमा राख्दै जनताको सेवामा सक्रिय रहनुपर्नेमा बताए ।
नवगठित समिति अध्यक्ष शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रम युवा संघ बागलुङका अध्यक्ष प्रदीप जीसीको सञ्चालनमा सम्पन्न भएको थियो ।