गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ अन्तराष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको पर्वतका कुल आचार्यले उमेद्वारी घोषणा गरेका छन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय संचालन गरिरहेका आचार्यले आफ्नौ गृहजिल्ला पर्वतमा आएर उम्मेदवारी घोषणा गरेका हुन । अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका आचार्यले आइतवार गृहजिल्ला पर्वत सदरमुकाम कुश्मा बजारमा बागलुङ, पर्वत, र म्याग्दीका पत्रकार विच अन्तरक्रिया गरी उम्मेदवारी दिने घोषणा गरेका हुन ।
२० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौ सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । पहिलोपटक आफ्नो गृह जिल्लाका शुभेच्छुकहरु माँझ शुभकामना र आर्शिबाद लिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम मार्फत आचार्यले पुनः अध्यक्ष पदको लागि आफु तयारी अवस्थामा रहेको बताए ।
सन् २००३ देखि एनआरएनए मा आवद्ध रहेका आचार्यले अघिल्लो पटक भन्दा थप तयारी र शसक्त रुपमा उम्मेदवारी दिन लागेको जानकारी दिए । ‘मैले औपचारिक उम्मेदवारी घोषणा भने राजधानीमा विशेष समारोहका विच गर्नेछु’–‘आचार्यले जन्मभुमीमा आफ्ना अग्रज तथा समकालिन सँग शुभकामनाका साथै आर्शिबाद लिन आएको हुँ यसै सन्दर्भमा उम्मेदार बन्ने उद्यघोष पनि गरेको छु । यहाँहरुको सहयोगको अपेक्षा गर्दछु ।’
गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफु अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको आचार्यको भनाई छ । उनले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताए । म्यान्मार, थाईल्याण्ड लगायत मुलुकमा बसोवास गरिरहेका नेपाली मुलका नागरिकहरुलाई पिपुल अफु नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन प्रयास गर्नेछु आचार्यले भने,–‘संघका पुजिकृत सदस्यहरुको संख्या ५ लाख पु¥याउनेछौं, राष्ट्रिय समन्वय परिषद एनसीसीहरुको संख्या १ सय पु¥याउने मेरो कार्ययोजना रहेको छ ।’
नेपाल सरकार तथा निजि क्षेत्रसँगको सहकार्यमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिन र कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना समेत रहेको आचार्यले बताए । गैरआवासीय नेपाली र नेपालमा रहेका उनिहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका बलबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोवाई एप निर्माण गरी अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने उनको प्रतिवद्धता रहेको च ।
पर्वतको जलजला गाउँपालिकामा २०२९ सालमा जन्मनुभएका आचार्य एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन । अहिले सो संस्थाका सल्लाहाकार समेत रहेका आचार्यले गैरआवासीय नेपालीलाई आफ्नो जम्मथलो संग जोड्ने र दोहोरो श्रम स्विकृति, गैरआवासीय नेपाली नागरिकताको व्यवस्थाका कुरामा जोड दिने बताए ।
एउटा गाउँमा जन्मिएर दुःख गरि गरि अहिले यो स्थानमा पुगेको भन्दै सवै पक्षवाट सहयोगको अपेक्षा गरेको समेत आचार्यको भनाई छ ।
बिश्वका ८५ देशमा करिब ८० लाख प्रवासी नेपाली छन् ।, एनआरएनको लगानीलाई मुनाफामुलक र पारदर्शी बनाउने एजेण्डा अगाडी सारेको र गैर आवासिय नेपालीको भावना अनुरुप काम गर्ने आचार्यले बताए ।
आचार्य सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, सन् २०१७–१९ मा एनआरएनएको उपाध्यक्ष रहेर समेत काम गरिसकेको छन् ।
पत्रकार सम्मेलनमा आचार्यले आफ्नो जन्मभूमि धाईरिङमा यस वर्षको बाढिपहिरोले विस्थापित बनेका परिवारहरुको पुर्नस्थापनाका लागि १० लाख व्यक्तिगत रुपमा दिने घोषणा गरेका थिए । त्यसैगरी सदरमुकाम कुश्माबजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनका लागि १ लाख ५५ हजार रुपैया सहयोग प्रतिवद्धता जनाएका थिए ।