नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी कार्यक्रम बागलुङ नगरपालिका–१३ पैयुँपाटामा सम्पन्न भएको छ ।
पैयुँपाटाको को मुसुरबारी, जलजला र सल्यान लगायतको स्थानमा घरदैलो र भेटघाट सम्पन्न गरिएको छ ।
भेटघाट र घरदैलो कार्यक्रममा बलेवाको विकासमा बागलुङ नगरपालिका र नगरपालिकाको समन्वयमा गण्डकी प्रदेश र संघीय सरकारले धेरै काम गरेको नगरप्रमुख जनकराज पौडेलले बताए ।
उनले बलेवा हुँदै जैमिनी जाने सडक कालोपत्रे, जल्कीनि घुम्टीदेखि भैरवस्थान जाने सडक कालोपत्रे, बलेवा विमानस्थल कालोपत्रे लगायतका ठूला काम भएको बताए । यस्तै नगरउपप्रमुखका उम्मेदवार राप्रपाका सन्जय खड्काले नगरपालिकाको सेवालाई बलेवाबाटै लिनेगरी व्यवस्थापन मिलाउने र बलेवाको समग्र विकासमा आफूलाई मतदान गर्न आग्रह गरे ।
वडा अध्यक्षका उम्मेदवार टेक बहादुर रोक्का र अनेमसंघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोरा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।