बागलुङ- तनाव मुक्त जिवन जिउनको लागि स्वस्थ शरिर, शान्त मन, पवित्र भावना एवं बौध्दिक चेतनाको आवस्यकता पर्ने बागलुङमा आयोजित एक कार्यक्रममा बताईएको छ । जिवन विज्ञानको आयोजनामा बागलुङ बजारको कालिगण्डकी आवासीय माविमा आयोजित तनाव मुक्त जिवन कार्यक्रममा जीवन विज्ञानका संस्थापक सद् गुरुदेव एलपि भानु शर्माले दैनिक हुने तनाव व्यवस्थापनमा आफ्ना लागि आफै लाग्नुपर्ने बताए । उनले हामी हाम्रो मनलाई शान्त र पवित्र बनाएर ध्यानमा केन्द्रीत गराउन सक्यौ भने तनाव व्यवस्थापन त्यहीबाट हुने बताए । गुरुदेवले सहभागी विद्यार्थी र अन्य उपस्थित व्यक्तहरुलाई कसरी तनाव व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुामर श्रेष्ठले तनाव व्यवस्थापनका कार्यक्रम हरेक क्षेत्रमा गर्न आवश्यक रहेको बताए । उनले नगरपालिका भित्र पनि यस्ता विभिन्न कार्यशाला र अनुशिक्षणका कार्यक्रमहरु संचालन गर्ने बताए । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले हरेक मानिसमा एक न एक तनाव हुने हुँदा यसको व्यवस्थापनका निम्ती यस्ता कार्यक्रमहरु सार्थक हुने बताए ।
जिवन विज्ञानको यो कार्यक्रम बागलुङमा पहिलो कार्यक्रम रहेको जिवन विज्ञानका प्रशिक्षक गंगादेवी शर्माले बताइन । उनले आगामी दिनमा अझै धेरै सहभागिको माझमा जिल्लामा यस्ता कार्यक्रम संचालन गरिने बताईन । कार्यक्रमको उद्देश्यका बारेमा प्रशिक्षक दुर्गादेवी शर्माले जानकारी गराएकी थिईन । कार्यक्रममा प्रशिक्षक पारु मल्ल, गंगालाल पोखरेल र नितु शर्माको पनि सहभागिता रहेको थियो ।
कालिगण्डकी आवासीय माविका भाईस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षता भिमनाथ शर्माको स्वागत र कृष्ण शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।