काँग्रेसको ‘तरुण जागौं गाउँ जाऔं’ अभियानको शुभारम्भ

  • फाल्गुण १९, २०७८

बागलुङ - नेपाली काँग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा (ख)ले तरुण जागौं, गाउँ जाऔं, जनता जगाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको छ । आगामी स्थानिय तहलाई लक्षित गरी गाउँगाउँमा तरुण युवाहरुको सक्रियताका आम सर्वसाधारणलाई नेपाली काँग्रेसका मुद्धा र धारणलाई बुझाउने उद्देश्य अनुरुप अभियान संचालन गरिएको हो । अभियानको विहिबार जिल्लाको जैमिनी नगरपालिकाको कुश्मिसेरा बजारमा बृहत ¥याली र कोण सभा सहित शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा २ सय बढि मोटरसाईकल ¥याली गरी तरुण युवाहरुले काँग्रेसको अभियान शुभारम्भ भएको सन्देश दिएका थिए । 
¥याली पछिको कोण सभामा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठले हरेक निर्वाचनमा तरुण युवाहरुको महत्वपुर्ण भुमिका हुने बताए । उनले तरुण युवाहरु सधै अरुलाई नेतृत्व तहमा पु¥याउन भन्दा पनि आफु पनि नेतृत्व तहमा आउने गरी गाउँगाउँमा संगठन निर्माणमा जुटनुपर्ने बताए । श्रेष्ठले आगामी स्थानिय तहको निर्वाचनमा गण्डकी प्रदेशमा भएको गठबन्धन अनुसार नै स्थानिय तहमा मिलेर जाने बताए । उनले यस क्षेत्रमा राष्ट्रिय जनमोर्चा सँग मिलेर आगामी स्थानिय तहको निर्वाचन गठबन्धनकै पक्षमा पार्ने गरी छलफल भएको बताए । ‘हामी अबको स्थानिय तहमा काँग्रेसको पक्षमा नेतृत्व समाल्नका लागि मुद्धा मिल्ने दलहरुसँग मिलेरै निर्वाचनमा होमिने छौं श्रेष्ठले भने–‘जहाँ जो सँग हुन्छ त्यो सँग सहकार्य हुनेछ । प्रदेश भरी नै गठबन्धनमा भएका दलहरु सँग सहकार्य गरेर अगाडी बढ्ने गरी छलफल गरेका छौं ।’ श्रेष्ठले अगामी स्थानिय तहको निर्वाचनमा आफ्नो पक्षमा मतदाता रिझाउनका लागि कार्यकर्तालाई गाउँ–गाउँ टोलटोलमा पुगरे काँग्रेसपार्टीको बारेमा बुझाउन र पछिल्लो राजनिति घट्नामा काँग्रेसले खेलेको भुमिकाको बारेमा प्रष्ट पार्नका लागि आग्रह गरे । 
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले जनता अझै पनि हालै मात्र संसद बाट पारित भएको एमसिसीको बारेमा नबुझेका कारण अब बुझाउने जिम्मा काँग्रेसको भएको बताए । उनले हरेक गाउँ गाउँमा रहेका सर्वसाधारणलाई एमसीसीका बारेमा बुझाउने र संगठन विस्तार गर्ने गरी काँग्रेस बागलुङले कार्यक्रम तय गरेको बताए । 
प्रदेश सभा क्षेत्रीय सभापति दलबहादुर श्रीष रानाको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल महिला संघका जिल्ला सचिव एवं प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेल, नेपाल तरुण दल जैमिनी नगरपालिकाका सभापति एवं प्रदेश महाधिवेशन प्रतिनिधी लेखबहादुर थापा रोहीत लगायतले अब गाउँमा युवाहरुले मजबुत काँग्रेस निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । 
    प्रदेश क्षेत्र भित्रका १८ वटै वडाका युवाहरुको सक्रियता रहेको कार्यक्रममा सवै युवाहरुलाई गाउँमा काँग्रेसका विचार र सिद्धान्तका बारेमा सर्वसाधारणलाई बुझाउनका लागि क्षेत्रीय समितिले निर्देशन दिएका छ । तरुण युवाहरुलाई लक्षित गरी क्षेत्रीय समितिले कार्यक्रम तय गरेको हो । ‘कार्यक्रमको शुभारम्भ सँगै सवै युवाहरु स्थानिय तहको निर्वाचन सम्म गाउँमै काँग्रेसका बारेमा सर्वसाधारणलाई प्रशिक्षित गर्नेछन । प्रदेश सभा क्षेत्रीय सचिव बालकृष्ण शर्माले भने,–काँग्रेस केहो ? सरकारले के के गरेको छ र पछिल्लो समयमा काँग्रेसले गरेका गतिविधिका बारेमा प्रष्टाउने र पार्टीका आधिकारीक धारणहरु जनतालाई बुझाउने छन ।’ यसरी युवाहरुलाई सक्रियता बनाएर नेतृत्व स्थापित गर्नका निम्ती पनि सहज हुने छ भने पार्टीमा युवाहरुको पनि आर्कषण बढ्ने विश्वास लिईएको शर्माले बताए । 
 

प्रतिक्रिया