काँग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि पौडेल एमालेबाट उपप्रमुखको उम्मेदवार 

  • ब‌ैशाख १२, २०७९

बागलुङ-  जिल्लाको जैमिनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट टिकट नपाएपछि महिला नेतृ उषा पौडेल नेकपा एमालेबाट उम्मेदवार भएकी छन । नेपाली काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि तथा नेपाल महिला संघका सचिव समेत रहेकी पौडेल सोमबार नेकपा एमालेबाट  जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन । जैमिनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा लिला राना र उपप्रमुखमा पौडेलले उम्मेदवारी दर्ता गराएको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्यप्रसाद भण्डारीले जानकारी दिए । 
नेपाली काँग्रेसबाट उपप्रमुखमा सिफारिस भए पनि प्रदेशबाट उपप्रमुखका लागि काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माको निर्णय भएर आएको थिए । आफुले टिकट नपाएपछि एमालेबाट उनले उम्मेदवारी दर्ता गरेकी हुन । पौडेल नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवं महाधिवेशन प्रतिनिधि तथा निवर्तमान जिल्ला सचिव नवराज पौडेलको धर्मपत्नी हुन ।
जैमिनी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा नरबहादुर पुन र उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी नगरप्रमुखमै राप्रपाको तर्फबाट निर्मला बानिया क्षेत्री सापकोटा, स्वतन्त्रबाट शिवलाल सापकोटा जयराम आचार्य, र नेपाली काँग्रेस विपिबाट काशिराम आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । 
जैमिनीको उपप्रमुखका लागि राप्रपाका चिना केसी, स्वतन्त्र रुपमा रुद्रकुमारी रोका क्षेत्री, स्वतन्त्र कृष्णराज पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र उम्मेदवार दर्ता गरेकी क्षेत्री राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य हुन । जैमिनी नगरपालिकामा नगरप्रमुख उपप्रमुख र वडा अध्यक्ष र वडा सदस्य सहित १४८ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया