बागलुङ– स्थानिय तहको निर्वाचनमा जिल्लाको जैमिनी नगरपालिकाका पाँच दलीय गठबन्धनका दलहरुको चुनावी कार्यक्रम वडा नं. ३ दमेकको नेपानेमा सम्पन्न भएको छ । चुनावी कार्यक्रममा जनता सँग मत माग्दै नगरप्रमुख उम्मेदवार नरबहादुर पुनले जैमिनी नगरपालिकाको सिष्टम परिवर्तन गर्न र जनमुखी सेवा प्रदान गर्ने मुल लक्ष्यका साथ आफुहरु भोट माग्न आएको बताए । उनले हिजो जो जता रहे पनि अहिलेको यात्रा भनेको प्रतिगमनका विरुद्ध कारण सवैले सँगै यात्रा तय गरेको बताए । पुनले जैमिनीको विकासका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताएर समृद्धि जैमिनी बनाउनका लागि सहयोग गर्न मतदातालाई आग्रह गरे । कार्यक्रममा उपप्रमुखका उम्मेदवार हरिहर शर्माले जैमिनीको विकास र निकासका निम्ती पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए । उनले जैमिनीको पुर्वाधार विकास कृषि स्वास्थ्य शिक्षालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमार्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने, नेपाली काँग्रेसका निवर्तमान जिल्ला सदस्य हरि आचार्य, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका नेता लालबहादुर परियार वडा अध्यक्षका उम्मेदवार कृष्ण भुजेल लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेसका वडा सभापति यामबहादुर क्षेत्रीको अध्यक्ष माओबादीका देवेन्द्र पुनको संचालन र राजमोका अध्यक्ष थम्मन श्रीषको स्वागतमा सम्पन्न भएको थियो ।