बागलुङ- गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले कृषि सहकारी र पर्यटन क्षेत्रलाई सँग सँगै अगाडीबढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्ने बताएका छन । बागलुङ सदरमुकामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री कंडेलले कृषि सहकारी र पर्यटन क्षेत्रका विकासका लागि प्रदेश सरकारले साझा कार्यक्रम अगाडी सारेको बताए ।
उनले सहकारी मार्फत कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारले जिवन रक्षाका कार्यक्रम अगाडी बढाएर सहकारीलाई कृषि क्षेत्रमा लगानी मैत्री वातारण सिर्जना गर्ने तयारी थालेको बताए । मन्त्री शर्माले पछिल्लो परिवेश अनुसार सहकारीहरुलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । ‘अब सहकारी संस्थाहरु पनि समय सापेक्ष अनुसार चल्नुपर्दछ मन्त्री कंडेलले भने,– सहकारीलाई पनि प्रविधिमैत्री बनाएर एक सहकारी र अर्को सहकारी विच बैंकले जस्तै कारोबार गराउने प्रविधि भित्राउन जरुर रहेको छ । तब सहकारीको विकासका लागि सहज बातावरण सृजना हुनेछ । उनले कृषि र पर्यटन क्षेत्रमा लागानी गर्ने माध्ययम भनेकै सहकारी भएका कारण यो क्षेत्रमा लगानी गर्न चाहनेलाई सोही अनुसारका सेवा प्रदान गर्न जरुर रहेको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार किरणराज पौडेल, दिपेन्द्रबहादुर थापा, ज्ञानेन्द्र गौतम, भुमिश्वर गौतम, स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष सिता शर्मा, रत्नेचौर महिला बचत तथा ऋण सहकारीका अध्यक्ष सुनिता महत लगायतले बोलेका थिए ।
२०६५ सालमा स्थापना भएको निलगिरी सहकारीमा हाल १ हजार ३० शेयर सदस्य रहेका छन भने कुल ३ करोड ३५ लाख ५० हजार ८ सय शेयर पुँजी रहेको सहकारीका कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए । साधारण सभामा लेखा समिति संयोजक गोविन्द बहादुर पौडेल गोपालले प्रस्तुत गरेको लेखा प्रतिवेदन, सचिव मिनबहादुर केसीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन सर्वसम्मत पास भएको छ । संस्थाले संस्थामा उत्कृष्ट कारोबार गर्ने करिब १ सय ५० जनालाई सम्मान गरेको थियो ।
साधारण सभा संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता उपाध्यक्ष चित्रबहादुर केसीको स्वागत र सचिव मिनबहादुर केसीको संचालनमा सम्पन्न भएको छ ।