बागलुङ - बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका देवेन्द्र पोडेले सुरुवाती अग्रता लिएका छन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले ११०५ मत गणना हुँदा ६६५ मत प्राप्त गरेका छन । पौडेलको मुख्य प्रतिस्पर्धी एमालेकी मञ्ज शर्मा चालिसेले २९५ र राष्ट्रिय स्वतन्त्त पार्टीका तिला खत्रीले ८६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङ क्षेत्र नम्बर २ प्रदेश (१) मा भने स्वतन्त्र उम्मेदर प्रकाश घर्ती मगरले अग्रता लिएका छन । कुल ११०८ मत गणना गर्दा घर्ती मगरले ५४२ मत छ भने कांग्रेसका जितबहादुर शेरचनले ५३५ मत ल्याएका छन ।
बागलुङ क्षेत्र नम्बर २ (ख) मा ८९५ मत गणना गर्दा कांग्रेसका दोर्ण कुमार कुँवरले अग्रता लिएका छन कुँवरले ४४८ मत ल्याएका छन भने एमालेका लक्ष्मण पुनले ३७७ मत प्राप्त गरेका छन । जनता समाजवादी पार्टी नेपालका गंगा बहादुर घर्तीले दई, मंगोल नेशनल अर्गनाईजेशनका तारा बहादुर घर्ती मगरले सात, नेपाल दलित पार्टीका टेक प्रसाद कार्मीले पाँच, स्वतन्त्र नर बहादुर गुरुङले ५ ल्याउनु भएको छ भने दुर्गादेवी घर्ती मगरले मत पाउनु भएको छैन ।