बागलुङका मतगणना स्थलमा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था

  • ब‌ैशाख २८, २०७९

आउँदो शुक्रबार स्थानिय तहको निर्वाचन हुँदै छ । निर्वाचनका लागि सवै मतदान केन्द्रमा तयारी पुर्ण भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटिइ सर्वललिय बैठक बसेर प्रत्येक मतदान केन्द्रमा काम अगाढी बढाएको छ । मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवारबाट मतदाता परिचयपत्र वितरण समेत थालेका छन् ।

मंगलबार राति १२ बजेदेखि शून्य समय सुरु भएकाले दलहरुले आफ्ना प्रचारका काम रोकेका छन् । जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सबै तयारी पुगेको हो । जिल्लाभरको अवस्था, कर्मचारी र सुरक्षाकर्मीको खटनपटन, सम्भावित जोखिम, सुरक्षा चुनौती तथा मतदातालाई सुरक्षित हिसाबले मतदान गर्ने वातावरणको सृजना भएको बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । 

बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । जिल्लाका १० वटै स्थानिय तहका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको र मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको निर्माण गरिएको बागलुङका मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए । 

निर्वाचनमा हुँन सक्ने अवान्छित क्रिर्याकलापहरुलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाईएको छ । निर्वाचनका लागि बागलुङमा दुई हजार कर्मचारी र दुई हजार ५ सुरक्षाकर्मी परिचालन हुने भएका छन् । बागलुङका दश स्थानीय तहका १ सय ३ मतदान केन्द्रमा जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति अनुसार सुरक्षाकर्मीहरु निर्वाचन क्षेत्रमा परिचालन भैसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताए । ।

निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाभर रहेका दश स्थानीय तहमा १ सय ३ मतदान स्थलमा एक हजार ८ सय ४० जना कर्मचारी परिचालन भएका छन् । २ सय ३० मतदान स्थलमा २ सय ३० जना मतदान अधिकृत, २ सय ३० जना सहायक मतदान अधिकृत खटिएका छन् । जिल्लाभर १ लाख ९३ हजार ७ सय २५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया