• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • समाज ,
  • बागलुङ ,
  • स्वास्थ्य

गाउँको अस्पतालका लागि शर्माद्धारा १ लाख ११ हजार सहयोग

  • असोज २५, २०७८

जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणको जग्गा खरिदका लागि स्थानिय युवा विनोद शर्माले आर्थिक सहयोग गरेका छन । 
पैयुँपाटाको काभ्राबोट घर भै हाल अमेरीकामा रहेका शर्माले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन । शर्माले आफ्ना बाबु भुमिश्वर शर्मा र आमा राधिका शर्मा मार्फत अस्पतालका लागि उक्त रकम हस्तान्तरण गरेका छन ।
विगत ५ वर्ष देखी अमेरीकामा रहेका शर्माले आफ्नै गाउँमा निर्माण हुन लागेको अस्पतालका लागि जग्गा खरिद गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेका बताए । ‘गाउँमा नै नगर अस्पताल बन्न लागेको छ । यसमा हामी धेरै खुसी छौं । शर्माले भने– ‘नगर अस्पताल बने सँगै यहाँकै जनताले सेवा पाउने छन । अस्पताल बनाउनका लागि हामी विदेशमा रहे पनि केही सहयोग गरौ भनी रकम पठाएको हुँ । यसमा सवैको हातेमालो भयो भने सजिलै अस्पतालन निर्माण हुने छ ।’ उनले आफ्नै गाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । 
    यस अघि त्रिभुवन माविमा कम्प्युटर खरिदका लागि  बलेवा क्षेत्रमा स्टेचर वितरणका लागि आर्थिक सहयोग गरेको शर्माका दाजु बालकृष्ण शर्माले बताए । विदेशमा रहेर पनि आफ्नो जन्मभुमी प्रतिको सदासयताले गाउँको विकासमा थप टेवा पुग्ने उनको भनाई छ । 
    नगर अस्पताल निर्माणको लागि ९ रोपनी जग्गा खरिद गरेर डिपीआर समेत तयार गरिसकेको बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । खरिद गरिएको मध्ये ७ रोपनी जग्गाको मात्र पैसा तिरी सकेको र २ रोपनीका लागि यस्तै सहयोगबाट संकलन भएको रकमबाट भुक्तानी गरिने पौडेलले बताए । पैयुँपाटा स्वास्थ्य चौकीबाट स्तरोन्नती गरेर नगर अस्पताल बनाईएको हो । अस्पताल निर्माणका निम्ती निर्माण कम्पनीले समेत जिम्मेवारी लिएको तत्काल निर्माणको काम सुरु हुने बताईएको छ ।
 

प्रतिक्रिया