बागलुङ महोत्सव स्थलबाट नै मोटरसाईकल र स्कुटर खरिद 

  • पुस २२, २०८२

बागलुङ, -  बागलुङमा जारी आठौं बागलुङ महोत्सवको अवसरमा ग्राहक वर्गले विशेष छुट पाए पश्चात टिभिएसका मोटरसाईकल र स्कुटरमा खरिद गर्नेको संख्यामा उल्लेखनिय बृद्धि आएको छ । महोत्सव स्थलमा स्टल राखेर जिके अटोमोबाईल बागलुङले विशेष छुट सहित टिभिएसका मोटरसाईकल र बाईक विक्रिका लागि राखेको थियो । यस अवधिमा ११ वटा स्कुटर तथा ३ वटा मोटरसाईकल विक्रि भएको जिके अटोमोबाइल प्रालीका संचालक सुवास बहादुर कार्कीले जानकारी दिए ।

विशेष गरी महोत्सवस्थलबाट स्कुटर बढि विक्रि भएको कार्कीले बताए । दुई लाख ५७ हजार देखी ३ लाख ३२ हजार सम्म मुल्य पर्ने स्कुटरको बढि खरिद भएको प्रालीले बताएको छ । टिभिएस कम्पनी र अटोमाबाइल प्रालीले बागलुङ महोत्सव अवधिभरलाई विशेष छुट सहित स्टल संचालन गरेको थियो ।  पछिल्लो समयमा राम्रो टिभिएसका दुई पांग्रे सवारी साधन खरिद गर्ने बढ्दै गएका छन । 

प्रतिक्रिया