बागलुङका प्रेम थापालाई अमिन राष्ट्रिय म्युजिक अवार्डको सर्बोत्कृस्ट मोडलको उपाधी

  • ब‌ैशाख २१, २०८१

काठमाण्डौं-  नेपाल संगीत उद्योग संघद्वारा प्रदान गर्ने ‘अथक शान्त साधक बिश्वनाथ केडिया’ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१  को सर्वोकृष्ट मोडलको उपाधी मोडल एवं कलाकार प्रेम थापालाई प्रदान गरिएको छ । “नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान” भन्ने मुल नाराकासाथ संचालित म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनालबाट थापाले सर्वोकृष्ट मोडलको उपाधी हाता पारेका हुन । 
सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुषको अवार्ड जाम सुस्तै सुस्तै बेनी बजारैमा  लोकदोहोरी गितबाट  थापाले उपाधी प्राप्त गरेका हुन । बागलुङमा जन्मिएका थापा विगत १ दशक देखी गित संगित र मोडलिङ क्षेत्रमा लागेका हुन । उनका एक दर्जन बढि गितहरुको म्युजिक भिडियोमा अभिनय गरेका छन ।  यसका साथै सर्वोकृष्ट निर्देशकको रुपमा  तिमी र म जाम माया गितका निर्देशक  काजिस श्रेष्ठ ले उपाधी प्राप्त गरेका छन ।  नेपालको मौलिक कला संस्कृतीलाई बचाइ राख्न यस्ता अर्वाडहरुले ठूलो भूमिका राख्ने नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरले बताए । कार्यक्रममा संगीतका विभिन्न २९ विधाका कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा पुर्व मन्त्री परिषद का अध्यक्ष तथा पुर्व प्रधानन्यायधिस खिलराज रेग्मीले सवै अर्वाड विजेतालाई सम्मान गरेका थिए ।   म्युजिक अवार्ड २०८१ को फाइनल अवार्ड कार्यक्रममा कुमार बस्नेत, उदय सोताङ राई, मनिला सोताङ र हरी गोपाल प्रधानलाई दशक गायक सम्मान २०८१ बाट सम्मान गरियो । त्यसैगरी, कमला सुवेदी र सावित्री खड्कालाई महिला उद्यमी सम्मान दिएको थियो भने, ईशा लोहागुन कौशललाई महिला ध्वनी सम्पादकको रुपमा सम्मान गरिएको थियो ।  अर्वाड वितरण समारोहमा विभिन्न क्षेत्रमा ब्यबसायिक योगदान  पुराएका उद्यमीहरुलाई समेत सम्मान प्रदान गरिएको थियो

प्रतिक्रिया