बागलुङ - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष व्यवसायीक चन्द्रप्रसाद ढकालले गृह जिल्ला बागलुङमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएका छन । आईएमई ग्रुपको झण्डै ३० करोड रुपैयाँ लगानीमा संचालन गरिएको होटलको शनिबार नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे उद्घाटन गरेका छन । बागलुङ बजारक्षेत्र भित्र करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ३० वटा कोठा रहेका छन थ्रिस्टारको मान्यता बराबरको यो होटलको सुविधा भने पाँच तारे होटल बराबरको रहेको अध्यक्ष ढकाल बताउँछन । ढकालले आफ्नो आमाको आग्रहमा छोरा सचिन ढकालको नाममा आफ्नै जन्मभुमीमा होटल संचालन गरेको बताए ।
होटल संचालन सँगै पर्यटन क्षेत्रमा पनि फाईदा
होटलको उद्घाटन गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रको लागनीमा बनेका व्यवसायीक संरचनाले नेपालको पर्यटन क्षेत्रको ठुलो टेवा पु¥याएको बताए । उनले बागलुङमा संचालन गरेको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुराउनेका साथै पर्यटन उद्योगको भविष्य देखाएको बताए ।
‘नेपालकै ठुलो व्यवसायिले पर्यटन क्षेत्रलाई केन्द्रित गरेर लगानी गर्नुले यस क्षेत्रमा ठुलो फाईदा बनाएको छ ।, यति ठूलो र सफल घरना पर्यटन क्षेत्रमा प्रवेशले खुसी लागेको छ, मन्त्री पाण्डेले भने,–‘यसले पर्यटनको भविष्य देखाएको छ, आफ्नो जन्मभुमीमा यसरी लगानी गर्नु यहीकै लागि फाईदा पनि हो । उनले धौलागिरी क्षेत्रमा थुप्रै पर्यटन क्षेत्रको सम्भावना भएको हुँदा निजी क्षेत्रले यसमा पनि ध्यान दिन जरुरी रहेको बताए । पाण्डेले सरकारले निजी क्षेत्रसँगको सहकार्यमा उद्योग र पर्यटन क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।
आमाको आग्रहमा बागलुङमा होटल संचालन ल्याए –चन्द्र ढकाल
होटल संचालक तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र ढकालले आफु केही वर्ष पहिले उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवारी घोषणा बागलुङबाट गर्ने क्रममा आफ्नो जन्मभुमीमा होटल क्षेत्रमा लगानी गर्ने सोच पलाएको बताए । म बरिष्ठ उपाध्यक्षको उम्मेदवारी यहीबाट घोषा गरे पछि निर्वाचित पनि भए निर्वाचित भएपछि हामी परिवारसहित महासंघका केही साथीहरु बागलुङ आएका थियौं ढकाले भने,–‘एउटै होटलमा स्पेस नपुगेपछि त्यतिबेला हामी सबै एकै ठाउँमा बस्न सकेनौँ । त्यसबेला आमाले एउटा घर भएको भए त हामी सँगै बस्थ्यौं भन्नुभएको थियो । त्यही विषयले छोएर यहाँ आमाको घरका रुपमा इला कन्फर्ट होटल स्थापना गरेका हु ।’ उनले आफ्नो जन्मभुमी प्रतिको मायाँ र आमाको आग्रहमा यस क्षेत्रमा लगानी गरेको बताए । ढकालले यस होटलको अध्यक्षको रुपमा छोरा सचिन ढकाललाई अगाडी सारेका छन । छोराले पनि आफ्नो व्यवसायीक रुपमा पहिलो लगानी भएको बताए ।
होटल संचालन सँगै ढकालले पर्यटन पूर्वाधारमा निरन्तर लगानी बढाउँदै जाने प्रतिवद्धता समेत गरेका छन । उनले सातै प्रदेशमा सात ठूला पूर्वाधार बनाउने गरी आफूले काम गरिरहेको बताए । आफूले लगानी गर्ने सबै क्षेत्र जनताको लाभ र सरकारको प्राथमिकतालाई ध्यान दिएको भन्दै सरकारले हालै गरेको कानुन संशोधनबाट निजी क्षेत्रलाई हौसला मिलेको बताए ।
होटल उद्घाटनको क्रममा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य दिपक गिरी नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधी सभा सदस्य जीवन परियार, लगायतले सुविधा सम्पन्न होटलको स्थापनाले यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुराउने बताए । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले निजी क्षेत्र र लगानीलाई राज्यले विशेष प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए । होटल संचालन सँगै बागलुङमा पनि अन्य व्यवसायीलाई लगानीमैत्री वातावरण सिर्जना भएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । उनले इमान्दारिता पुर्वक निरन्तर लागी परेमा व्यवसायीक सफलता पनि प्राप्त हुने बताए ।
सुविधा सम्पन्न होटल खोज्ने पर्यटकका लागि यो होटल संचालन सँगै सहज पुग्ने उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेल बताउँछन ।
पोखरा देखी ७२ किमीको दुरीमा बागलुङ बजार पुगिन्छ । यहाँ पुग्नका लागि प्रत्येक १५ देखी २० मिनेटमा पोखरादेखी जिप माईक्रो पाउँछ भने झण्डै साढे १ घण्टामा बागलुङ बजार पुग्न सकिन्छ । बागलुङका पर्यटकिय तथा धर्मिकस्थल बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट, शालिग्राम संग्राहलय यही नजिकै पर्छन भने मुत्तिनाथ जाने पर्यटकका लागि पनि बासबस्न सहज हुनेछ । बागलुङमा यो सँगै होटल रेड एप्पल, होटल पिस प्यालेस, होटल दि राजन, होटल शितल लगायतका १ दर्जन सुविधा सम्पन्न होटलहरु रहेका छन ।