सरकारले घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘वर्क फ्रम होम’का लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
दीर्घकालीन रूपमा विद्युतीय गाडी (इभी) रूपान्तरणको कानुनी व्यवस्था अघि बढेको जानकारी दिँदै मन्त्री रावलले इभी पूर्वाधार विस्तारका लागि पनि सरकार प्रतिबद्ध रहेको बताइन्।
ऊर्जा बचत गर्न र संयमित हुन आग्रह गर्दै सरकारले भनेको छ, ‘आवश्यक परे जोर–बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ। सरकार जनतासँग वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ।’