को हुन शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री देवेन्द्र पौडेल ?

  • असोज २२, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले शुक्रबार पुर्णता पाएको छ । सत्ता गठबन्धन दलहरुले आफ्नो आफ्नो दलबाट मन्त्रीको टुंगो लगाए पठाएपछि मन्त्रिपरिषदले पुर्णता पाएको हो ।  नवगठित मन्त्री मण्डलमा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्र पाैडेल पनि मन्त्री भएका छन ।  नेकपा माओवादी केन्द्रबाट मन्त्रीका लगि सिफारिस भएका पाैडेल शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री भएका छन । 

बागलुङको  बागलुङ नगरपालिका-१२ अमलाचौरमा वि सं २०२१ पौष २८ गते जन्मिएका  पौडेल जनयुद्धकालमा भुमिगत भएर नै संघर्ष गरेका हुन । पौडेल बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए । भट्टराईले माओबादी  छाड्दा उनि पनि सँगै गए र केही समय तत्कालिन नयाँ शक्ति मै रहे पछि भट्टराईलाई छाडेर पुन माओबादीमा फर्किए ।  नेकपा एक हुँदा स्कुल विभागका उपप्रमुख रहेका थिए पौडेल  हाल माओवादी केन्द्रका स्थायी समिति हुन । बागलुङको क्षेत्र न‌. १ मा घर भए पनि २०७४ सालकाे प्रतिनिधि सभाको निर्वाचनमा उनले क्षेत्र नं. २ बाट चुनाव लडेका थिए । उक्त निर्वाचनमा पौडेलले आफ्ना लागी आफैले भोट समेत राखेका थिएनन् । पौडेल स्थायी समिति सदस्य भएर पनि हालसम्म मन्त्री नभएका एक मात्र नेताका रुपमा पनि चिनिन्छन्।  सानै उमेरदेखि राजनीतिक रुपमा सक्रीय पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन्। उनी २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रीय भएको पाइन्छ। राजनीतिक जीवनमा उनी नेकपा माओवादीको केन्द्रीय सदस्य पोलिटव्युरो सदस्य हुँदै हाल उनी पार्टीको स्थायी समिति सदस्य रहेका छन्।

उनले आफ्नो राजनीति जीवन र यात्रामा थुप्रै वैचारिक र सैद्धान्तिक लेख तथा कृतिहरुको रचना समेत गरेका छन्। उनले ‘नेपालमा वर्गसंघर्ष र वर्गहरुको विश्लेषण’, ‘राजतन्त्र र प्रजातन्त्रबारे’, ‘नेपालमा किसान समस्या’, ‘राजाको संविधान सुझाव आयोग वा जनताको संविधानसभाको निर्वाचन’, ‘बौद्धिक समूदायको सिंहावलोकन’ लगायतका थुप्रै पुस्तक तथा बुकलेटहरु प्रकाशनमा ल्याएका छन्। मुलुकमा लोकतन्त्र स्थापना भए पछि जिल्लामै फुल मन्त्री बन्ने पौडेल दोस्रो हुन । यस अघि माओबादी केन्द्रबाटै दिनानाथ शर्मा शिक्षा मन्त्री भएका थिए । 

प्रतिक्रिया