बागलुङमा चित्रबहादुर र देवेन्द्रको अग्रता कायमै

  • मङ्सिर ७, २०७९

बागलुङ — बागलुङका दुई वटै क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र २ मा नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेलको अग्रता कायमै रहेको छ । सुरुवाती तेस्रो रहेका केसीले झण्डै १ हजार ५ सय मत गणना पछि अग्रता कायम गरेका हुन । केसी र पौडेलले एमालेका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्रता कायम राख्नु राखेका हुन ।  बागलुङ–१ मा केसीले ३ हजार ८३४ मत प्राप्त गरेका छन भने  एमालेका डा. सूर्य पाठकलले ३ हजार ५२८ मत प्राप्त गरेका छन । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी भने तेस्रो स्थानमा रहेको छ । स्वतन्त्रका खिमानन्द कंडेलले २२६२ मत प्राप्त गरेका छन ।  बागलुङ–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले ७ हजार २५ मत ल्याउँदा एमालेकी मञ्जु शर्मा चालिसेले ५ हजार ६९२ मत ल्याएकी छन ।  । बागलुङ–१ (१) मा नेकपा एमालेका हिरा केसीले अग्रता लिएका छन । केसीले कांग्रेसका दीपेन्द्रबहादुर थापा झिनो मतले पछाडी परेका छन । केसीले ५ हजार १६४ मत प्राप्त गरेका छन भने थापाले ४ हजार ३५८ मत प्राप्त गरेका छन ।  बागलुङ १(२) मा भने नेपाली काँग्रेसका डिल्लीराम सुवेदी ठुलो मतान्तरले अगाडी रहेका छन । सुवेदीले ७ हजार ३९ मत प्राप्त गरेका छन भने नेकपा एमालेका नवराज पौडेलले ४ हजार ३२० मत प्राप्त गरेका छन । सुवेदी पौडेल भन्दा २ हजार ७१९ मतले अगाडी रहेका छन । बागलुङ–२ (१) मा कांग्रेसका जितबहादुर शेरचनले अग्रता लिएका छन । शेरचनले ६ हजार ५५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरले ५ हजार ५५३ मत ल्याएका छन । घर्तिलाई नेकपा एमालेको सर्मथन रहेको थियो । 
क्षेत्र नम्बर २ (२) मा कांग्रेसका दोर्णकुमार कुँवर भारी मतले अग्रता लिएका छन ।  कुँवरले ७ हजार ३३९ मत प्राप्त गर्दा एमालेका लक्ष्मण पुनले चार हजार ९१४ मत प्राप्त गरेका छन । 
 

प्रतिक्रिया