स्थानिय सरकारको महत्व बुझौं–मन्त्री कंडेल

  • फाल्गुण ७, २०७८


बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मणीभद्र शर्मा कंडेलले स्थानिय सरकार विकासको मेरुदण्ड भएका कारण यसको महत्व सवैले बुझन्पर्ने बताएका छन ।

प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ विहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री कंडेलले देशमा संघियता लागु भए सँगै स्थानिय तहको कार्यकारी भुमिकाले गाउँ टोल सम्म विकासको फड्को मारेको बताए । उनले केन्द्र प्रदेश र स्थानिय सरकारको त्रिपक्षिय सम्बन्धले मात्र हरेक क्षेत्रको विकास सम्भव रहेको बताए ।

आउँदो स्थानिय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा मन्त्री कंडेलले अबको स्थानिय तहमा काँग्रेसले निर्वाचन जित्नेगरी संगठन सुदृढिकरणमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । ‘अघिल्लो स्थानिय तहको निर्वाचनको समयमा काँग्रेसले यसको महत्व राम्रो सँग बुझेन यसका अधिकार र क्षेत्र धेरै छन मन्त्री कंडेलले भने,–‘स्थानिय तहको अधिकार भनेको सिंहदरबारको भन्दा बढि छ । अब जिल्लाका १० वटै स्थानिय तहमा काँग्रेसले चुनाव जित्नेगरी हामी सवै जुट्नुपर्दछन । उनले काँग्रेसले गरेका राम्रा कामको प्रचारमा राख्नका लागि कार्यकर्तालाई आग्रह राखे । 
मन्त्री कंडेलले गण्डकी प्रदेश सरकारले पर्यटन तथा औधोगिक क्षेत्रको विकासका निम्ती ठुलो प्रयास गरेको बताए । पर्यटन क्षेत्र पनि गाउँको विकासको आधार हो हामी कहाँ कुन ठाउँमा कस्तो खालको पर्यटकिय संभावना छन त्यसको खोजी गरौं मन्त्री कंडेलले भने । 
कंडेलले एमसिसी नेपालका लागि अति उपयोगी भएको बताए । उनले नेपाली काँग्रेसले एमसिसीको बारेमा बुझाउन घरदैलो अभियान संचालन गर्ने बताए । ‘एमसिसी यदी कार्यान्वयन गरिएन भने यो देशका लागि घाटा हो । मन्त्री कंडेलले, भने–‘सवै दलले राष्ट्रिय सहमती गरेर यसलाई लागु गर्न जरुर रहेको छ । यसमा नेपाली काँग्रेसको धारणा पनि यही हो । नेकपा एमालले सत्तामा रहँदा ठिक र सत्ता बाहिर रहँदा बेठक भनेको छ यस्तो दुई बोली गरेर जनतालाई झुक्काउने काम गर्नुहुँदैन ।’ उनले नेपालका सवै कम्युनिष्ट पार्टी आज एक थरी भोली अर्को बोल्ने गरेका कारण जनताहरुले दुःख पाएको समेत बताए ।  
कार्यक्रममा नेकपा एमालेबाट डेढ दर्जन युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन । नवप्रवेशी युवा विकले नेकपा एमालले जनताको हित भन्दा पनि सत्ता मोहका पक्षमा मात्र काम गरेका कारण आफुहरुलाई चित्त नबुझेर काँग्रेसमा प्रवेश गरेको बताए । नेपाली काँग्रेस जनतको हित गर्ने पार्टी देखेर आफुहरु काँग्रेसमा प्रवेश गरेको बताए । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति एवं पुर्व सांसद गोविन्द्र प्रसाद शर्मा कंडेल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता डिल्लीराम सुवेदी नेपाल दलित संघका पुर्व केन्द्रीय सदस्य हर्कमान विक लगायतले सवै कार्यकर्ता स्थानिय तहको निर्वाचन तर्फ लक्षित हुनुपर्ने बताए । 
कार्यक्रम नेपाली काँग्रेस काठेखोला गाउँपालिकाका–५ का सभापति हरि सापकोटाको अध्यक्षता नेपाली काँग्रेस बागलुङका जिल्ला सहसचिव ज्ञानु श्रीष शर्माको स्वागत र वडा सचिव चुडामणी कंडेलको संचालनमा सम्पन्न भएको थियो । मन्त्री कंडेलले काठेखोला गाउँपालिका–७ लेखानीमा पनि नेता तथा कार्यकर्ता सँग अन्तरक्रिया गरेका थिए । 
 

प्रतिक्रिया