बागलुङ- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली गफाडीको राजा भएको आरोप लगाएका छन । नेकपा (एकिकृत समाजबादी) जिल्ला कमिटि बागलुङले सोमबार बागलुङमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ओलीले जनतालाई गफै गफले भुलाएको बताए ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अहिले समाजबादीको यात्रामा लहर लागेको देखेर ओलीलाई डाहा लागेको बताए । ‘ओली आफु गफ मात्र हाक्दै हिँडेका छन । जनतालाई समाजबादीको विश्वास जागेको छ । नेपालले भने,–‘ओलीले म्याग्दी सम्म रेल गुढाउने जनतालाई झुटा सपना देखाएर गफ मात्र लगाए अहिले पुरा हुन सकेन आफ्नो अस्तित्व समेत गुमाएका छन ।
ओली काम केही गर्नु छैन गफ हाँक्न मात्र सिपालु रहेको बताए ।
उनले कमल थापा र केपी ओलीको चुच्चो मुच्चो मिलिरहेको बताए । ‘संविधानको मर्म भावना भन्दा बाहिर गएका ओलीको अहिले मुद्धा मिल्ने भन्दा पनि विदेशीहरुको ददाली पार्टीका नेताहरु सँग मेलमिलाप गरेका छन । नेता नेपालले भने,–‘लोकतन्त्रका मुद्धा मिल्ने पार्टी सँग उनको मेल हुँदैन, कम्युनिष्ट विचार धारणाका पार्टी सँग उनको मेलन हुँदैन अहिले प्रतिगामी कित्तामा रहेर दक्षिण पन्थीहरु सँग साँठगाठ गरेका छन ।’ उनले नेकपा एसको उद्देश्य नेपाल देशको स्वाभिमानको रक्षा गर्ने र गासबास कपास शिक्षा स्वास्थ्य र रोजगारीको समस्यमा पिल्सीएका जनताको पक्षमा काम गर्ने रहेको बताए । नेपालले नेकपा एकै ठाउँमा हुँदा केपी ओलीलाई अध्यक्ष पदको दुरुपयोग गरेर बैठकमा बोलाउँदा समेत नआएको कारण अहिले यो ठाउँमा पुगेको बताए । उनले आफ्ना हनुमानलाई मात्र राखेर जसले विरोध गर्छ जो इमानदार छ त्यसलाई पार्टीबाट निकालेको बताए । ‘बैठकबाट तर्सिने नेता, बर्षात बाट तर्सिने किसान, भैसी देख्दा तर्सिने गोठालो, नदिबाट तर्सिने माझी र बन्दुक देखेपछि तर्सिने सिपाईको के काम । नेपालले भने ओली पनि बैठकबाट तर्सिएर नै सातो गएका कारण पार्टी विभाजनको भएको हो । हामीले बैठक बसौं भनेर बोलाउँथ्यौं उनि कहिलै आएनन् तर्सिएको तर्सिए गरे ।’
उनले समाजबादीको हरेक जनवर्गिय संगठन जिल्ला जिल्लाम सक्रिय रहेको बताए । नेपालले सवै कार्यकर्तालाई स्थानिय तहको निर्वाचनमा प्रतिगमनकारीको विरुद्धमा गठबन्धनको माध्ययमबाट अगाडी बढ्न आग्रह गरे । नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउनका निम्ती गठबन्धन भएका कारण स्थानिय तहको निर्वाचनमा पार्टीमो भुमिका महत्वपुर्ण भएको बताए । उनले पाँच दलको विचमा साझा धारणा ल्याएर जनताको माझ जाने हुँदा निर्वाचनमा गठबन्धनको पक्षमा जनमत पार्न कार्यकर्तालाई आग्रह गरे ।