क्रिकेट मैदानका अम्पायर भिम चुनावी मैदानमा

  • माघ १३, २०८२

बागलुङ-   त्रिभुवन विश्वविद्यालय किर्तिपुर परिसर देशका विभिन्न ठाउँमा विद्यार्थीले स्नाकोत्तर देखी विद्यावारिधी हासिंल गर्ने ठाउँ । जो अहिले उच्च शिक्षाको थलो मात्र नभएर नेपाली क्रिकेटको उद्यमस्थलको रुपमा पनि परिचित छ । आफ्नो पढाई विद्यार्थी राजनितिसँगै क्रिकेट खेललाईसँगै अगाडी बढाएर नेपाली क्रिकेट क्षेत्रमा ठुलो योगदान पु¥याएका व्यक्ति हुन भीम श्रीष । 
बागलुङको दक्षिण जैमिनी नगरपालिका–१० राङ्खानीमा जन्मिएर विश्वविद्यालयमा विद्यार्थी राजनितिबाट परिचित भएका श्रीष त्यही ठाउँबाट नेपाली क्रिकेट खेलाडी हुँदै राष्ट्रिय स्तरको अम्पायर बनेका छन । त्रिवि प्राङ्गणबाट विद्यार्थी राजनितिसँगै क्रिकेटको मैदानमा निष्पक्ष निर्णयका लागि परिचित अम्पायर श्रीसको मैदान फेरीएको छ । वर्षौँसम्म क्रिकेट खेलाडीको भाग्य बल र ब्याटसँगै आफ्नो औँलाको इशारामा तोक्ने उनि अब मतदाताको विश्वास जित्ने चुनौती सामना गरिरहेका छन् । 
आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती बागलुङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसको उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन । 
लोकप्रिय मत सहित त्रिवीको स्ववियु सभापती
२०५५ सालमा त्रिवीको फुटबल प्राङ्गणमा क्रिकेटको व्याट र बलबाट खेलकुद क्षेत्रमा आफ्नो नयाँ इनिङको शुभारम्भ गरेका श्रीस यही विद्यार्थी राजनिति गरे  । नेपाल विद्यार्थी संघको सचिव हुँदै त्रिविको उपसभापति भएका श्रीस २०६० साल देखी क्रिकेटको अम्पायर बने । उनि २०६२ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियू सभापतिमा लोकप्रिय मत सहित सभापतीमा निर्वाचित भए । स्ववियूमा निर्वाचित हुने नेविसंघबाट एक्लो उम्मेदवार थिए । क्रिकेट खेलाडीबाट अम्पायर बनेका उनी विद्यार्थी राजनितिबाट स्ववियु सभापति भए ।
क्रिकेट रंगाशला निर्माणमा महत्वपुर्ण भुमिका
 हालको त्रिवी अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माणमा श्रीसको पनि महत्वपूर्ण भुमिका रहेको छ । “हामीले क्रिकेट खेल्ने बेलामा फुटबल मैदान थियो, पछि म सभापति भएको समयमा यसलाई कच्ची क्रिकेट मैदानको रुपमा विकास गरियो, श्रीसले भने,–‘त्यो बेला क्यान लगायतका विभिन्न संस्थाले सहयोग गरेका थिए  हाल नेपाल सरकारको सहयोगमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनेको छ । अहिले राष्ट्रिय देखी अन्तराष्ट्रिय खेलहरु यही हुने गरेका छन । हामी सवैको सहयोगले यो विकास सम्भव भएको हो ।”  स्थानीयदेखि राष्ट्रियस्तर सम्मका प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेका उनले खेलमा निष्पक्षता, नियमको कडाइ र पारदर्शितालाई सधैँ पहिलो प्राथमिकतामा राखे । यही छवि र अनुभवलाई उनले अब राजनीतिमा पनि प्रयोग गर्ने दाबी गरेका छन् । 
त्रिवीबाट नै ४ वटा विषयमा स्नाकोत्तर गरेका श्रीष  क्रिकेटसँगै पार्टीको मुल राजनितिमा पनि होमिए । त्रिवी सेवा सदस्य हुँदै नेपाली काँग्रेस बागलुङबाट  चार पटक महासमिति सदस्य बने  । उनि हाल नेपाली काँग्रेसको केन्द्रीय सदस्य छन ।  
जनताको प्रतिनिधि बन्ने अठोटका साथ चुनावी मैदानमा
काँग्रेसको मुल राजनितिमा आएसँगै उनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका छन । श्रीस आगामी फागुन २१ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट काँग्रेसको उम्मेदवार हुन । “लामो समयदेखि खेलकुद क्षेत्र, विद्यार्थी राजनिति, पार्टीको राजनिति र समाजलाई नजिकबाट नियालेका श्रीस यस पटक फेरी जनताको प्रतिनिधि बन्ने अठोटका साथ चुनावी मैदानमा होमिएका छन । “क्रिकेटको विकासमा लागे, विद्यार्थी राजनिति पनि गरे, विद्यार्थी र आम युवाको मन जित्ने मौका पाए, अब आफ्नै क्षेत्रका जनताको मन जिन्ते प्रयासमा छु, श्रीसले भने,–‘अब प्रत्यक्ष रूपमा जनताका सवाल उठाउने र समाधान खोज्ने बाटो रोजेको हुँ आशा छ बागलुङ क्षेत्र नं. १ का जनताले त्यो अवसर दिनुहुने छ ।”
व्यक्तिगत स्वार्थका लागि नभएको दाबी
श्रीसले पछिल्लो समयमा देशमा देखिएका असमानता, युवाको बढ्दो निराशा र अवसरको अभावलाई बदल्नका निम्ती आफ्नो उम्मेदवारी रहेको बताए । शिक्षा, रोजगारी र सुशासनका मुद्दामा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ । युवा देखी पाका पुस्तासँग सुमधुर सम्बन्ध बनाएका श्रीसले यो चुनावी मैदानलाई अवसरको रुपमा समेत लिएका छन । उनले चुनावी मैदान क्रिकेट मैदानजस्तै सरल नभएता पनि यसलाई चुनौतीभन्दा अवसरका रूपमा लिएको बताउँछन । “खेलमा पनि दबाब हुन्छ, दर्शकको चिच्याहट हुन्छ  तर नियम बिर्सन हुँदैन  राजनीतिमा पनि म त्यही सिद्धान्तमा अघि बढ्छु,” उनी दृढतापूर्वक भन्छन् । 
श्रीसको यो  राजनितिक यात्रा केवल व्यक्तिगत स्वार्थका लागि नभएको दाबी गर्छन ।  हिजो त्रिवीका हजारौँ विद्यार्थीको माझमा लोकप्रिय काम गरेर आएका उनि यस पटक मतदाताको साथ पाउनेमा विश्वस्त छन । तर निर्वाचन आफ्ना पोल्टामा पार्न भने सजिलो छैनन । 
यस क्षेत्रमा नेकपा एमालेका हिराबहादुर केसी छन भने नयाँ दल रास्वपाका सुशिल खड्का पनि उनको प्रतिस्पर्धी रहेका छन । यसका साथै यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद अधिकारी र प्रगशिल लोकतान्त्रीक पार्टीका चित्र प्रसाद सापकोटा पनि सँगै चुनवी मैदानमा छन । निर्वाचनबाट जनताले कसलाई फैसला गर्छन त्यो फागुन २१ कुर्नुपर्ने नै हुन्छ । 

प्रतिक्रिया