ताराखोलाकी एक महिला तीन दिनदेखि बेखबर भएकी छन । जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ५ की ३८ वर्षीया तुलमाया रोका तीन दिनदेखि सम्पर्क विहीन भएको उहाँका श्रीमान तुल बहादुर रोकाले जानकारी दिए ।
रोकाले आफुलाई खोज्ने प्रयास नगर्न भन्दै कागजमा सन्देश लेखेको छोडेको बताइएको छ । परिवारले घर तथा आफन्तकोमा खोजी गरे पनि फेला नपारेपछि इलाका प्रहरी कार्यालय ताराखोलालाई अनुरोध गरेको उनका श्रीमानले जानकारी दिए ।परिवारले रोकालाई कतै फेला पारे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ