गलकोटमा मेयरकी स्वतन्त्र उम्मेदवार रातको १० बजे प्रहरीको नियन्त्रणमा

  • ब‌ैशाख २९, २०७९

बागलुङ- गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ ।

बुधबार राति करिब १० बजे तिर गलकोट नगरपालिका वडा नम्बर ९ विरकोटमा उम्मेदवारले आचारसंहिता विपरित पैसा बाँडेको सूचना पाएपछि प्रहरी त्यस स्थानमा पुगेको थियो । त्यस ठाउँमा उम्मेदवारको टोली नभेटिए पनि त्यसभन्दा केही तल गाडीसहित फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी जानकारी दिए । 
रेग्मीले शर्मालाई १० बजे नियन्त्रणमा लिएर राति ३ बजे मात्रै छोडेको बताए ।  शर्माको साथ ८ हजार रुपैयाँ रहेको । साे को बारेमा प्रहरीले निर्वाचनलाई जानकारी गराएको छ । सामान्य छलफलपछि रातको ३ बजे शर्मालाई छोडेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
उम्मेदवार शर्माको टोलीलाई पाँच दलीय गठबन्धनका कार्यकताले बाटो रोकेको समेत पाइएको छ । प्रहरी समयमा नपुगेको भए दुई समूह बीच झडप हुने अवस्था सिर्जना भएको स्थानीयको भनाई छ ।

"माैन अवधीमा निर्वाचन आचार संहिता उल्लङघन गरेको भन्ने खबर आएपछि स्थानियको खबरमा हामी विरेकोटमा पुग्यौ रेग्मीले भने- पैसा बाड्न आएको भनि गठबन्धनका कार्यकर्ता र स्थानियले उहाँलाई छेकेका रहेछन । दोहोरो झडप हुने सिर्जना हुन नदिन हाम्रो टोली त्यहाँ पुग्यो । स्थिति नियन्त्रमा लिएर उहाँलाई हामी प्रकाउ गरेर सोधपुछ गरेका छौ । प्रहरी पुग्नु भन्दा पहिले सामान्य झडप भएको र स्थानिय ढालेन्द्र गाैतम सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेर छाडिएकी उम्मेदवार चालिसेलाई घट्नाको बारेमा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । गलकोट नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद भुषालले यस विषयमा दुवै पक्षलाई बोलाए छलफल गर्ने बताए । 

प्रतिक्रिया