धौलागिरी क्याम्पसको निर्वाचन अधिकृत कार्यालय लगाईएको ताला विद्यार्थीले तोडे, निर्वाचन अन्यौलमै

  • फाल्गुण ३०, २०७९

बागलुङ -  धौलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझै अन्यौलमा रहेको छ । मंगलबार सम्म मनोनयन दर्ता हुन नसक्दा निर्वाचन झनै अन्यौल बन्दै गएको हो । निर्वाचनको कार्यतालिका सार्वजनिक भए सँगै केही विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार बिहान सम्म पनि ताला नखोलिए पछि नेपाल विद्यार्थी संघको नेतृत्वमा उक्त ताला तोडेर निर्वाचन अधिकृतको कार्यालय खुलाएको छ । ताला फोरिए सँगै नेविसंघले तोकिएको समयमा निर्वाचन हुनुपर्ने र निर्वाचनका काम यथाशिघ्र अगाडी बढाउनुपर्ने भन्दै क्याम्पस प्रसासन सँग माग राख्दै  नाराबाजी गरेका थिए । सोमबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय बढाइएकोमा सो समयमा पनि समय थप गरे मंगलबार ५ बजे सम्म गराईएको छ । निर्वाचन समितिले पटक पटक समय थप गरे पछि विद्यार्थीको हक हितका लागि ताला फोडेको नेविसंघका ईकाइ सभापति दिनेश पन्तले बताए । 

No description available.
यता तालाबन्दी फोडिए सँगै ताला लगाएका विद्यार्थी संगठनले पनि आफ्ना माग सुनुवाई हुनुपर्ने र नभए सम्म स्ववियु निर्वाचन अनिश्चित रहेको भन्दै नाराबाजी गरेका थिए । 
विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले वक्तव्य मार्फत जारी गर्दै तालाबन्दी गरेका थिए । ताला फोडे सँगै प्रशासन सँग सहमतीका लागि वार्ता गर्ने भनिए पनि केही विद्यार्थी संगठनको उपस्थित नहुँदा बैठक नै बस्न नसकेको विद्यार्थी नेता बताउँछन ।  सोमबार साँझ केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुख सहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका थिए ।

No description available.

No description available.

प्रतिक्रिया