बागलुङ नगरखानेपानी संस्थाको ताला प्रहरीले खोल्यो

  • साउन ९, २०८१

बागलुङ- बागलुङ सदरमुकाममा खानेपानीको व्यवस्थापन लिएको मुख्य संस्था बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा लगाएको तालाबन्दी प्रहरीले तोडेको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको निर्देशनमा मंगलबार बिहान १० बजे प्रहरीले ताला तोडेको हो।  नगर खानेपानी आम उपभोक्तासँग प्रत्यक्ष जोडिएको संम्बेदनशिल क्षेत्र भएकोले ताला तोडे्को र यसको समस्या समाधान गर्न नगर खानेपानी संस्था, सबै राजनैतिक दल, जनप्रतिनिधि, नगर पालिका, नागरिक समाज, सञ्चार जगत र सरोकारवाला सबै सचेत र जिम्मेवार हुनु पर्ने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । 

राष्ट्रिय युवा संघ नेपाल बागलुङले विभिन्न माग राखि गत बिहीबार नगर खानेपानीको अध्यक्ष र प्रबन्धकको कार्यकक्षमा ताला लगाएको थियो। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरी टोली गएर ताला तोड्को जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए । 

कार्यालयमा तालावन्दी हुँदा समितिका पदाधिकारी, सदस्यहरु, कर्मचारीले कार्यालयको काम गर्न पाएका थिएनन् भने कार्यालयको ध १ ज ७१९ का गाडीको चावी समेत थुनिएकोले खानेपानी मर्मत गर्न जान प्राविधिक र कर्मचारीहरुलाई समस्या भएको समितिका सचिव जिवन आचार्यले बताए । खानेपानीको शुद्धता, वितरण प्रणाली र महसुल वृद्धिको विषयमा सबै सरोकारवालाहरुसँग छलफल गर्न र समस्या समाधान गर्न समिति तयार भएको सचिव आचार्यले जानकारी दिए । 

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ४ हजार १ सय १० जना उपभोक्ता आवद्ध छन् भने करीब ६० हजार सर्वसाधारण जनताले खानेपानीको सेवा लिइरहेको छ ।

बागलुङ नगरपालिका १ रामरेखाका उपभोक्ताले बागलुङ नगर खानेपानीमा विलिङ काउन्टर र लेखा शाखामा लगाएको ताला प्रहरीले गत साउन ३ गते तोडेको थियो ।  बागलुङ नगर खानेपानी संस्था स्थापना कालदेखि अव्यवस्थित र बेथितिमा चलि रहेकोले मितव्ययित ढंगले सञ्चालन गर्न, संस्थालाई ऋणबाट मुक्त गर्न, दुरुप्रयोग बन्द गर्न, खानेपानीको गुणस्तर, वक्यौता उठाउन समयमै उठाउन र वितरण प्रणाली वैज्ञानिक बनाएर शुद्ध खानेपानी उपलब्ध गराउन, दलिय राजनीतिककरण अन्त्य गर्न, कर्मचारीहरुलाई जवाफदेहि बनाउन र समितिले संस्थालाई जिम्मेवार तरीकाले सञ्चालन गर्न र महशुल वृद्धि फिर्ता लिन उपभोक्ताहरुले लामो समयदेखि माग गर्दै आएका छन् । 

प्रतिक्रिया