बागलुङमा  ८६ हजार नागरिकले कोरोना विरुद्धको खोप लगाए

  • पुस ३०, २०७८

बागलुङ-  बागलुङका ८६ हजार ८९२ जना नागरिकले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । विभिन्न चरणमा सञ्चालित खोप अभियानबाट एक लाख ३८ हजार ७८२ जनाले पहिलो मात्रा खोप लगाएका हुन । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ५१ हजार ८९० जना दोस्रो डोजको पर्खाइमा छन् । 
स्वास्थ्य कार्यालयका खोप सुपरजाईजर राजु खत्रीका अनुसार जिल्लामा १८ बर्षमाथि उमेर समुहका एक लाख ५९ हजार ३०४ जना नागरिक छन् । हालसम्म दुई लाख ४५ हजार ३७८ डोज खोप प्राप्त भएको थियो । 
कोभिडसिल २१ हजार ९३९, भेरोसेल ५१ हजार ५९६, ज्यानसन १२ हजार २६६ र फाईजर एक हजार ५१ जनाले पूर्ण खोप पाएको खोप सुपरभाईजर खत्रीले जानकारी दिए । १८ बर्षमाथिका ८७ प्रतिशत नागरिकले पहिलो डोज खोप प्राप्त गरेका छन् । पूर्ण डोज पाउने नागरिकको संख्या ५४ प्रतिशत छ ।  
जिल्लामा हाल कोरोन संक्रमितको संख्या बढ्दै गएको छ । केही दिन पहिले बागलुङका नौ स्थानीय तह कोरोना संक्रमित मुक्त भए पनि हाल दुई स्थानिय तह बाहेक सवै स्थानिय तहमा संक्रमित देखिएका छन । जिल्लाको बागलुङ  नगरपालिकामा २९ जना, बरेङ गाउँपालिकामा ५ जना गलकोट नगरपालिकामा ६ जना जैमिनी नगरपालिकामा ३ जना तमानखोला गाउँपालिकामा २ जना संक्रमित रहेका छन । त्यसैगरी काठेखोला, ताराखोला र बडिगाड गाउँपालिकामा १÷१ जना मात्र सक्रिय संक्रमित रहेको घिमिरले जानकारी दिए । जिल्लाको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा भने हाल संक्रमितको संख्या शुन्य रहेको छ । संक्रमित मध्ये १ जना धौलागिरी अस्पताल र अन्य सवै होम आईशोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
स्वास्थ्य कार्यालय बागलुङले शुन्य संक्रमित भएको वडालाई न्युन जोखिम एकदेखि सात जनासम्म संक्रमित भएको वडालाई मध्यम जोखिम र सात जना भन्दा बढी संक्रमित भएको वडालाई उच्च जोखिमको सुचीमा राख्ने गरेको छ । अधिकांस संक्रमितलाई कडा लक्षण नभएको हुँदा घरमै बस्न आग्रह गरिएको छ ।  
 

प्रतिक्रिया