ढकाललाई गृह जिल्लामा बधाई तथा सम्मान 

  • ब‌ैशाख २४, २०८०

बागलुङ । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय अध्यक्षमा चन्द्र प्रसाद ढकाल लगायतका केन्द्रीय पदाधिकारीलाई  बागलुङ नगरपालिकाले बधाई तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ढकाल लगायत नवनिर्वाचित सवै केन्द्रीय समितिको टिमलाई बधाई तथा सम्मान व्यक्त गरेका हुन । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका ढकाललाई गृह जिल्लामा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ढकालले विकास निर्माणका काम होस जुनसुकै काममा स्थानीय तहसँग र उद्घमी, व्यवसायी तथा महासंघ सहकार्य गर्न तयार रहेको बताए । उनले आफ्नै नगरपालिकामामा र जिल्ला भित्र हुने संभावनामा स्थानीय तहसँग सँगै हातेमालो गरेर जान तयार रहेको बताए । 
कार्यक्रममा वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नेता पद प्रतिष्ठामा बसेका व्यक्ति मात्र भ्रष्टाचारी भनेर आवाज उठ्ने गरेको कुरा तर्फ इंगित गर्दै हरेक क्षेत्रमा बेथिति र अराजकताको बाटोमा हिडिरहेको हुँदा त्यसलाई सच्याउन जरुरी रहेको बताईन । कार्यक्रममा  पत्रकार मुकेशचन्द्र राजभण्डारी विश्वब्यापी रूपमा आर्थिक संकट आएको समयमा नेपाल अर्थतन्त्रलाई चलायनमान बनाउन, रोजगारी सृजना गर्न, लगानीमैत्री नीति निर्मार्ण गर्न, व्यवसायी सुरक्षा र आर्थिक वृद्धि दर हासिल गर्नको लागि सरकारले निजी क्षेत्रसँग विश्वासको वातावरण बनाएर सहकार्य गर्नु पर्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा बागलुङ जिल्लाबाट पहिलोपटक केन्द्रीय अध्यक्षमा बन्न सफल भएका चन्द्र प्रसाद ढकाल लाई वरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्नका लागि बागलुङ उद्योग बाणिज्य संघले प्रस्ताव गरेको थियो । बागलुङ जिल्लाबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्ष र सदस्यमा पटकपटक धेरै जना व्यक्ति पुग्न सफल भएपनि केन्द्रीय अध्यक्षमा पुग्ने ढकाल पहिलो उद्यमी हुनुहुन्छ । ढकाललाई शनिबार नै जन्मगाउँ अमलाचौर पैयुँपाटामा बधाई तथा सम्मान गरेका छन । 
महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष उनले व्यवसायिक यात्रा करिब चार दशक लामो छ ।  विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका थिए । त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हुँदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन । 
 

प्रतिक्रिया