• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

काँग्रेस बागलुङको जिल्ला सम्मेलनमा देउवाले भने संविधानको खिलापमा केही तत्वहरु सलबलाएका छन

  • कार्तिक १७, २०८०

बागलुङ - नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले वर्तमान संविधानको खिलापमा केही तत्वहरु सलबलाएको बताएका छन । नेपाली काँग्रेस बागलुङको ऐतिहासिक जिल्ला सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले अहिलेको संविधान ठिन छैन भनेरे यसको खिलापमा केही तत्वहरु लागेको हुँदा यि तत्वको परास्तका निम्ती सवै दलहरु एकजुट हुनुपर्ने बताए । उनले संविधानको रक्षाका निम्ती सवै राजनितिक दल एक भएको हुँदा कसैले चाहेर पनि परिवर्तन गर्न नसक्ने जिकिर गरे । सभापति देउवाले अहिले संविधान कार्यान्वयको पक्षमा हामी रहेको हुँदा केही असमती भएका विषयलाई समेटेर यसलाई पुर्णरुपमा कार्यान्वयमा जोड दिने बताए । ‘हामी केन्द्रमा कानुन निर्माणको पक्रियामा छौं, यसले प्रदेश र स्थानिय सरकारलाई पनि मद्धत पुग्छ, देउवाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई लक्षित गर्दै भने अब संघियताको मर्म अनुसार सवै कुराहरु केन्द्रिकृत मात्र हुँदैन । प्रदेशमा पनि धेरै अधिकार प्राप्त हुन्छन । सोही अनुसारका कानुनु निर्माण हुनेछन । प्रदेश सरकारको भुमिका पनि अझै बढ्दै जानेछ ।’ उनले सवै भन्दा बढि असुनष्टी पक्षहरु पनि अहिले ठुला दलको पक्षमा उभिएको बताए । 
सभापति देउवाले नेपाली काँग्रेस भित्र केही असन्टुष्टिका विषय रहेको हुँदा सवैलाई समेटेर अगाडी बढ्ने बताए । उनले काँग्रेस देशकै ठुलो पार्टी भएको र ठुलो पार्टी भित्र केही असन्तुष्ट रहेता पनि यसलाई समेटेर अगाडी बढ्ने कुरा स्पष्ट पारे । उनले नेता तथा कार्यकर्तालाई आफुले बोल्ने भन्दा पनि काम गरेर देखाउने हुँदा जनताको काममा लागि काँग्रेसले सँधै अग्रणी भुमिका खेल्ने बताए ।
संविधान कार्यान्वयमा अझै केही समस्या छ —सिटौंला 
नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा केही समस्या अझै कायम रहेकोे बताएका छन । उनले संघीयतामा देश गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुँने बताए । संविधानले परिकल्पना गरेको संघीयता अनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भुमिका खेल्नु पर्दछ । उनले भने नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको बताउदै ठूलो पार्टी मात्रै नभएर सांगठनीक चुस्तता आवश्यक रहने छ । 
लोकतन्त्र गणतन्त्र स्थापनका निम्ती काँग्रेसको ठुलो योगदान छ —मुख्य मन्त्री पाण्डे
 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए । उनले कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नु पर्ने बताए । कांग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितीका विरुद्धमा बोल्ने मुख्यमन्त्री पाण्डेले बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी केन्द्रीय सदस्य किरणराज पौडेल, मधु आचार्य, चम्पादेवी खड्का, सरस्वती अर्याल तिवारी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापा, पुर्व सांसद गोविन्द्र प्रसाद शर्मा कंडेल, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय लगायतले बोलेका थिए । 
कार्यक्रममा ७५ वर्ष माथिका जेष्ठ नागरिक, शहिद परिवारलाई सम्मान गरिएको थियो ।  सम्मेलनमा कोषाध्यक्ष श्रीधर कंडेलले आर्थिक प्रतिवेदन, सचिव हरिहर शर्माले सांगठनिक प्रतिवेदन र जिल्ला सदस्य नारायण श्रेष्ठले विपिस्मृति भवन निर्माण सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षता उपसभापति तारानाथ आचार्यको स्वागत र सचिवद्धय गण्डकी थापा अधिकारी र हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया