बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटा बास्कोटमा रहेको शालिकग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेको १० औं साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले सहकारी हरेक शेयर सदस्यको सारथीको रुपमा स्थापित भएको बताए । उनले पछिल्लो समयमा गाउँ गाउँमा संचालन भएका सहकारीले हरेक वर्ग र समुदायलाई सहयोग पुगेको बताए । पौडेलले सहकारी क्षेत्रको विकासका लागि स्थानिय सरकारले छुट्टै निति तथा कार्यक्रम ल्याउन जरुर रहेको बताए ।
कार्यक्रममा संस्थाका शेयर सदस्य एवं बानपा १३ का वडा सदस्य भवानी प्रसाद रिजाल, पुर्व अध्यक्ष रामप्रसाद अधिकारी, संस्थाका सल्लाहकार नरप्रसाद शर्मा, जनमत माध्यामिक विद्यालयका प्रधानध्यापक तथा निर्वाचन समितिका संयोजक परशुराम रिजाल, संस्थाका संस्थापक शेयर सदस्य लक्ष्मीकान्त पौडेल, ऋण उपसमिति संयोजक नारायणदत्त पौडेल लगायतले बोलेका थिए ।
संस्थाका कोषाध्यक्ष रामप्रसाद रिजालको आर्थिक प्रतिवेदन, सचिव सागर रिजालको प्रगती प्रतिवेदन र लेखा समिति सदस्य लिलाधर रिजालको लेखा प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष दयाराम रिजालको अध्यक्षता, सदस्य बलराम रिजालको स्वागत र सचिव सागर रिजालको संचालनमा सम्पन्न भएको थियो ।
साधारण सभाले नारायणदत्त पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरको छ । समितिको उपाध्यक्षमा रिता रिजाल, सचिवमा सागर रिजाल र कोषाध्यक्षमा शिव प्रसाद रिजाल चयन भएका छन । समितिको सदस्यहरुमा डिल्ली प्रसाद रिजाल, बोधराज भट्ट, मेघनाथ अधिकारी, जमुना रिजाल र सोमनाथ रिजाल चयन भएको निर्वाचन समितिका संयोजक परशुराम रिजालले जानकारी दिए । त्यसैगरी रामकृष्ण रिजालको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । समितिको सदस्यमा भोलानाथ रिजाल र देवकला रिजाल रहेका छन ।