आगलागी पिडितलाई प्रभु बैंकको सहयोग 

  • ब‌ैशाख २३, २०८१

बागलुङ- बागलुङ नगरपालिका— १२ अमलाचौर डाँडाखेतका आगलागी पिडितलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । गत बुधबार घरमुनीको जंगलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका आगलागी पिडितलाई शनिबार प्रभु बैंक बागलुङ शाखाले घरमै पुगेर आर्थिक सहयोग गरेको हो । आगलागीबाट पिडित यदुनाथ पौडेल र ददिराम पौडेलको परिवारलाई नगद २१ हजार २५० रुपैयाँको चेक हस्तान्तर गरिएको हो । पिडित परिवारलाई गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी र प्रभु बैंक बागलुङ शाखाका प्रवन्धक दिपक शर्माले सहयोग हस्तातरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बैंकका बागलुङ शाखा प्रवन्धक शर्माले बताए ।  
बैकले सामाजिक उत्तरदायित्व अन्तरगत मानविय, सामाजिक, शैक्षिक, जनस्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ । पिडित परिवारलाई गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले पनि नगद १० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन । सुवेदीले विपतको बेला थोरै रकमले पनि धेरै राहत हुने हुँदा थोरै भए पनि सहयोग गरेको बताए । 
गत बुधबार जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तिमा प्रबेश गरेपछि बस्तीको छेउमा भएका घरगोठमा आगोलागी भएको थियो । आगलागीबाट यदुनाथको १ घर र १ गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ । उनको गोठमा रहेका २ भैसी, ३ गाई र ५ वटा बाख्रा पनि आगलागीमा परेर मृत्यु भएका थिए ।  सोही ठाउँका ददिरामको २ गोठ जलेका छन भने गोठमा रहेका १ गाई र १ बाख्रा जलेर मरेका छन । उनका  २ गाई र २ भैसी गम्भिर घाईते भएका छन । आगलागीबाट लाखौ रकम बराबरको सम्पती नष्ट भएको पिडित परिवार बताउँछन । उनिहरु अहिले आफ्न्तको घरमा आश्रय लिएका छन । 
 

प्रतिक्रिया