• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

बागलुङ उद्योग बा‌णिज्य संघमा श्रेष्ठ र कंडेल बिच प्रतिस्पर्धा हुने, १४ खुल्ला सदस्य निर्विरोध

  • जेठ ३१, २०७९

बागलुङ-  बागलुङका उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएका चारमध्ये राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ र उद्योग वाणिज्य संघ बागलुङका निर्वमान महासचिव कँडेल बिच प्रतिस्पर्धा हुने भएको हो । श्रेष्ठ र कंडेल दुवै नेपाली काँग्रेस समर्थक हुन । श्रेष्ठलाई नेकपा एमाले समर्थक उद्योगी व्यवसायी र सत्ता साझेदारी गठबन्धनका दलमा समर्थक सवै उद्योगी व्यवसायीले साथ दिएका छन भने कंडेललाई अध्यक्षको उम्मेदवारी दिएका  शाक्य र  श्रेष्ठको साथ रहेको बताईएको छ ।

यसपटक बागलुङ उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व बनाउने भनेर व्यवसायीहरूले विभिन्न चरणमा छलफल गरे पनि अध्यक्षका उम्मेदवारहरुबिच सहमति जुटन नसक्दा मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ । 

अध्यक्षमा उम्मेदवारी दिएका निर्माण कुमार श्रेष्ठले बागलुङका आम उद्योगी, व्यवसायीको चाहना र माग अनुसार अध्यक्षमा उम्मेदवारी दिएको बताए । उद्योगी व्यापारीहरुको सुरक्षा, व्यवसायीक प्रर्बद्धन, सिसि क्यामरा जडान, व्यवसायीक करमा कमि ल्याउन, वित्तिय तालिम र संघको संस्थागत विकासको लागि अध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठको भनाई छ । नेपाल उद्योग बा‍णिज्य महासंघको केन्द्रीय सदस्य भएर अनुभव स‌गालेका श्रेष्ठले बागलुङमा रही आम उद्योगी, व्यवसायीका पीर मर्कालाई नजिकबाट बुझेको दाबी गरेका छन । उनले आफु महासंघको केन्द्रीय सदस्य रहँदा कुनै व्यवसायीले करका समस्यासँग जुध्नु परेको खण्डमा होस् या, प्रहरी, प्रशासन र वित्तिय संस्थासँग हातेमालो गरी उद्योग वाणिज्य संघबाट अभिभावकको भूमिका निर्वाह गरेको बताए ।

बागलुङको ६ दलका राजनैतिक दलका निकत व्यवसायीहरु र स्वतन्त्र व्यवसायीहरुको आफूलाई समर्थन भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले बताए ।

अध्यक्षमा अर्का  उम्मेदवारी दिएका उद्योग वाणिज्य संघका निवर्तमान महासचिव नरेश कँडेलले व्यवसायीका हरेक समस्यामा आफू उभिएको भन्दै उहाँहरुकै आग्रह र मागमा अध्यक्षको उम्मेदवारी दिएको उनले भने ।

कँडेलले आफू निर्वतमान महासचिव,पूर्वउपाध्यक्ष र दुई पटक सदस्य गरि ४ कार्यकाल विताएकोले आफ्नो अनुभवको आधारमा यसपटक अध्यक्षमा आफ्नो सशक्त उम्मेदवारी रहेको बताए । कंडेल नेपाल पत्रकार महासंघ बागलुङका वर्तमान अध्यक्ष समेत हुन । विभिन्न संघ संस्थाको नेतृत्व समालेका कंडेललाई राजन कुमार शाक्य र कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठले कंडेललाई नै समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । 

१४ खुल्ला सदस्य निर्विरोध

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि १४ खुल्ला सदस्य निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनय दर्ता गराएका १५ मध्य १ जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

१४ सदस्यको लागि १५ जनाको उम्मेदवारी परेकोमा खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । सदस्यको लागि उम्मेदवारी दिएका अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद अधिकारी, ईन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, संजय श्रेष्ठ, ईश्वर जंङ्ग राजभण्डारी निर्विरोध भएका हुन् ।

सोमबार अपरान्न ४ बजेसम्मको उम्मेदवारी फिर्ता लिने समय राखिएकोमा मंगलबार बिहान ११ बजेसम्मलाई सारिएको थिया भने पुन अपरान्न पाँच बजेसम्म समय थप गरिएको थियो । संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ ।

उद्योग तर्फ दुई सदस्यको लागि निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी परेको छ । वुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृत गौतमले बताए ।

यस अघि दुईजना महिला सदस्य यमुना रेग्मी र शिवकला थापा पनि निर्विरोध भएका छन् । असार ४ गते अध्यक्ष १ उद्योग सदस्य २ गरि ३ जनाको लागि निर्वाचन हुने छ । महिला र खुल्ला सदस्य निर्विरोध भए पनि अध्यक्ष र उद्योग तर्फको सदस्यका लागि असार ४ गते निर्वाचन हुने भएको छ । निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछन् ।

प्रतिक्रिया