• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङ नगरको सेवा प्रवाह घुम्ती शिविर तित्याङमा 

  • भदौ १९, २०७९

बागलुङ- बागलुङ नगरपालिकाले आईतबार वडा नम्बर ९ तित्याङमा सेवा प्रवाह घुम्ती शिविर सम्पन्न गरेको छ । नगरपालिकाले अभियानको रुपमा सुरु गरेको सेवा प्रवाह घुम्ती शिविरलाई निरन्तरता दिईरहेको हो । 
    शिविरमा पूर्वाधार तर्फ चालु आर्थिक वर्षमा स्वीकृत भएका २१ योजनाहरुको सम्झौता गरिएको छ । २१ उपभोक्ता समितामध्य १२ समितिमा महिला र ९ समितिमा पुरुष अध्यक्ष रहेका छन् । सबै उपभोक्ता समितिका बैँक खाता खोल्ने कार्य समेत सम्पन्न भएको छ । स्वास्थ्य तर्फ कुल ३ सय ६९ जनाले सामान्य स्वास्थ्य परिक्षण गराएका छन् भने २ सय ५ जनाले आँखाको परिक्षण, १ सय ३८ जनाको पाठेघरको जाँच, १ सय १२ जनाको मधुमेह परिक्षण, परिवार नियोजन तर्फको इम्प्लान्ट ३ जना, आईयुसिडी ३ र आँखामा समस्या देखिएका २३ जनालाई चश्मा समेत वितरण गरिएको छ । 
शिविरमा १७ जनालाई अपाङ्ता परिचयपत्र वितरण गरिएको छ । जसमा ६ जनालाई ‘क’, ९ जनालाई ‘ख’ र २ जनालाई ‘ग’ वर्गको अपाङ्ता परिचयपत्र वितरण गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । 
    शिविरमा तित्याङका ३० ठाउँबाट नमुना संकलन गरि जाँच गरिएको माटोमा अम्लीयपन धेरै रहेको पाईएको छ । करिब १५० रोपनी जमिन कभरेज लिई संकलन गरेको नमुनामा अम्लीय मात्रा ६.७ रहेको पाईएको नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिए ।  
    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तर्फ १५ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण तथा अध्यावधिक गरिएको छ भने १ जनाको सामाजिक सुरक्षा भत्ता दर्ता र १ वटा व्यक्तिगत घटना दर्ता गरिएको छ । शिविरमा ६२ जना सरोकारवालाहरुलाई योजना संचालन, फरफारक, वित्तिय साक्षरता, कृषि प्रविधि सचेतना, बालमैत्री स्थानीय शासनका सूचक स्थानीयकरण गर्ने सम्बन्धमा लगायतका विषयमा अनुशिक्षण गरिएको छ । सोही अवसरमा वडा अध्यक्ष राजु थापाको अध्यक्षता १५ सदस्यीय  बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन गरिएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठको नेत्रृत्वको शिविरमा टोलीमा उप–प्रमुख राजु खड्का सहित नगरपालिकाको टोली, बैकर्स एशोसियसनका पदाधिकारीहरु, नेपाल परिवार नियोजन संघका कर्मचारीहरु, धौलागिरी अस्पतालका मेडिकल अधिकृत, नेपाली सेनाका स्वास्थ्य प्राविधिक, नेत्र ज्योति संघका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया