बागलुङ- बैंकर्स बागलुङले बाग्लुङ नगरपालीकाका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख एबम् जनप्रतिनिधीहरूलाई बधाई तथा सम्मान गरेको छ। बागलुङ स्थीत सम्पुर्ण बैङ्क तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले सोमबार एक समारोहका बीच नवनिर्बाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले आफ्नो कार्यकालमा समृद्ध नगरपालिका निर्माण गर्नको लागि बागलुङ स्थीत सम्पुर्ण वित्तीय संस्था हरुसंग सहकार्य र समन्वय गर्दै सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बैंक आफैंमा पुर्ण वित्तिय पारदर्शी संस्था भएकोले यस्ता संस्थाहरुबाट धेरै वित्तिय पारदर्शीता लगायत स्मार्ट कार्यालय ब्यवस्थापन तथा सेवाग्राही मैत्री कार्यालय बनाउने कुरामा नगरपालिका अन्तरगतका सम्पुर्ण कार्यालयहरूलाई बैङ्क जस्तै बन्नुपर्ने आवश्यकता रहेकाे बताए ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले नगरपालिका लाई समृद्ध बनाउने सपनामा बैङ्क हरूको सहयोग रहने अपेक्षा सहित वित्तिय संस्था हरु सङ सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । नवनिर्वाचित जनप्रतिनिधिहरु निकै उर्जाशील र युवा भावना बुझेको भएकोले यो समयमा सँगै सहकार्य गर्दै अगाडी बढ्ने र समृद्ध नगरपालिका निर्माण गर्नको लागि बैंकर्स बागलुङकाे तर्फबाट पुर्ण रुपमा सहयोग रहने अध्यक्ष हेमराज शर्माले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्था का शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम बैंकर्स बागलुङ का अध्यक्ष शर्माको अध्यक्षता, बैंकर्स बागलुङका सदस्य अमृत सेवाकाे स्वागत मन्तब्य र सदस्य हेमन्त आचार्यको सञ्चालनमा सम्पन्न भएको थिए ।