भारतमा देखियो ओमिक्रोन भेरिन्ट

  • मङ्सिर १६, २०७८

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार २ जनामा ओमिक्रोन भेरिन्टको संक्रमण देखिएको जनाएको हो । भारतमा पहिलो पटक ओमिक्रोनको संक्रमण देखिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमित कर्नाटकका भएको पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण देखिएकामध्ये १ जना ६६ वर्षीय र अर्को ४६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले जानकारी दिएका छन् । संक्रमितहरूका विषयमा पूर्ण जानकारी सार्वजनिक गरिएको छैन । दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य सचिव भुषणले जानकारी दिए । २ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि कर्नाटकमा स्वास्थ्य सतर्कता बढाइएको छ । कर्नाटकसँग जोडिएका राज्यमा पनि स्वास्थ्य मापदण्डमा कडाइ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि १२ देशमा ओमिक्रोनको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया