बागलुङ- बागलुङको वडिगाड गाउँपालिकाले कृषि र उत्पादनलाई जोड दिने भएको छ । आर्थिक बर्ष २०७९/०८० को निती तथा कार्यक्रमलाई सम्वोधन गर्दे गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले कृषि र उत्पादनलाई जोड दिने बताईका छन । गाउँपालिकामा उच्च शिक्षालाई अगाडी बढाउन निकट भविष्यमा क्याम्पस स्थापना गर्ने कार्यक्रम अगाडी ल्याईएको छ । क्याम्पस स्थापनाका निम्ती आवस्यक प्रकृया तत्काल अगाडी बढाउने बताउँदै पाँचबर्ष भित्रमा क्याम्पसबाटै पठन पाठन सुरु हुने गरी गाउँपालिका अगाडी बढ्ने अध्यक्ष अधिकारीले बताईन ।
विहिबार देखी सुरु भएको निती तथा कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष अधिकारीले लोकल मदिरालाई आवस्यक मापण्ड पुरा गरी यहिँ उत्पादन र वजारी करण गर्ने, गाउँमा उत्पादन हुने भाँगोलाई व्यवसाहिकरण गरीने बताउँदै उत्पादन सँग जोड्नका निम्ती आधुनिक र व्यवसाहिक कृषिलाई पालिकाले प्राथमिकता दिने बताईन ।
निती कार्यक्रम अन्र्तगत पालिकाका एक नयाँ नमुना विद्यालय स्थापना गरीने, एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिईने, गरीवि न्युनीकरणका निम्ती उत्पादन र स्वरोजगार कार्यक्रमलाई जोड दिने , गाउँपालिकाका सवै टोलमा निरन्तर सवारी सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्ने सडक मापडण्ड निर्माण गर्ने , खरका छाना मुक्त कार्यक्रमलाई जोड दिइने, सेवा प्रवाहमा सहजता ल्याउन नागरीक सहायता कक्ष रुथापना गर्ने र नागरीकका आधारभुत आवस्यकतालाई जोड दिई सुचकको आधारमा समृद्ध वडिगाड गाउँपालिका निर्माणमा जुट्ने निती तथा कार्यक्रममा जोड दिइएको छ
भ्रष्ट्रचारलाई शुन्यमा पुप्याउने गरी काम गरीने बताउँदै सबै नागरीक, राजनैतिक दल समाजसेवी बुद्धिजिवीको राय सुझावलाई सिरोधार्य गर्दे पालिका अगाडी बद्ने अध्यक्ष थापाले बताईन । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षतामा सुरु भएको खुल्ला सत्रको कार्यक्रम उपाध्यक्ष भिमसेनन वन राजनैतिक दलका प्रतिनिधी लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले सञ्चालन गरेका थिए ।