देवकुमारको सम्पती लिलामी प्रक्रियामा अघि बढेपछि ईमेज सहकारी पिडित आन्दोलनमा 

  • साउन ६, २०८१

बागलुङ- ईमेज बचत तथा ऋण सहकारीको रकम अपचलन गरि फरार रहेका देवकुमार नेपालीको सम्पत्ती बैंकहरुले लिलामी प्रक्रिया अगाडी बढाएपछि सहकारी पिडितहरु आन्दोलिन भएका छन । ढोरपाटन नगरपालिकाका प्रमुख एवं सहकारीका अध्यक्ष समेत रहेका नेपालीको विभिन्न बैंकहरुले उनको नाममा रहेको सम्पती लिलामी प्रक्रिया अगाडी बढाएपछि आन्दोलित भएका हुन । शनिबार बागलुङ बजारमा पिडितहरु जम्मा भएर  लिलामी प्रक्रिया अघि नबढाउन बैंकहरुलाई आग्रह गरेका छन । उनिहरुले  लिलामी प्रक्रिया अघि बढाउँदा आफुहरुको रकम गुम्ने भन्दै यो प्रक्रिया तत्काल स्थगित गर्न सवै बैंकहरुलाई आग्रह गरेका हुन ।  लिलामी प्रक्रियालाई अघि बढाए बैङ्क, सम्पति किन्ने व्यक्ति र राज्यका बिरुद्ध संघर्ष गर्ने संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीले चेतावनी दिए ।

‘हामीले उहाँहरुलाई विनम्रताका साथ लिलामी प्रक्रिया अघि नबढाउन आग्रह गरिरहेका छौँ, लिलामी प्रक्रियाले बचतकर्ताको पैसा गुम्ने खतरा झनै बढेको छ ।’ कार्किले भने–‘लिलामी प्रक्रिया अघि बढाए हामी बैंक, किन्ने व्यक्ति र राज्यका विरुद्ध पिडितहरु संघर्षमा उत्रिनेछ यसको जवाफदेही सम्बन्धित बैंक व्यक्ति र राज्य हुनुपर्नेछ । ’

लिलामी प्रक्रिया अघि बढाउँदा झण्डै २ अर्बको सम्पति ३० देखी ३५ करोडमा बिक्रि हुने उनको बुझाई छ । उनले देवकुमार नेपालीको सम्पति सहकारीका बचतकर्ताहरुको सम्पति भएको बताउँदै त्यसको संरक्षण पनि पीडितहरुले गर्ने बताए । उनले आफुहरुको रकम फिर्ता हुने सुनिश्चितता नहुँदासम्म लिलामीको प्रक्रिया अघि नबढाउन आग्रह गरे ।

पिडितहरुल आफुहरुलाई देवकुमारसँगै राज्यले पनि ठगेको आरोप लगाएका छन ।  हामीलाई देव कुमार नेपालीले त ठगेकै थिए, तर राज्यले पनि हामी विरुद्ध षड्यन्त्र बुनिरहेको छ ।’ उनले भने–‘सम्पति सुद्धिकरणको मुद्धा लगाएर तर्साउन खोजिरहेको छ ।’  संघर्ष समितिका सचिव याम पोख्रेलले लिलामीको प्रक्रियाबाट अघि बढे राम्रो नहुने चतावनी दिए ।  गरिमा बिकास बैङ्क लिमिटेड र राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले संस्थाबाट ऋण निकाल्दा धितो राखेका घरजग्गालाई लिलामी प्रक्रियामा अघि बढाई बिक्रि समेत गरिसकेको छ ।

बैङ्क र सहकारीबाट लगेको ऋणको साँवारब्याज केही पनि नतिरेपछि गरिमा बिकास बैङ्कले बागलुङ नगरपालिका वडा न २मा रहेको कर्मा कम्प्लेक्स र सिवाईसी बचत तथा ऋण सहकारीको कार्यालय भएको भवनलाई लिलामी प्रक्रियामा अघि बढाई नामसरिको लागि समेत मालपोत कार्यालयलाई पत्रचार गरेको पोखरेलले बताए ।  बै‌‌कले  गत जेठ २८ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा लिलामी सम्बन्धी सूचना प्रकाशन गरेको थियो । गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने बागलुङ वडा न -११ रायडाँडा (साबिक वडा न-५) का विकास गौतम र गोमा कुमारी क्षेत्रीले ३ करोड ६५ लाख रुपैयाँमा सकार गर्न मञ्जुर भएकको र बैंकलाई पनि स्वीकार्य भएकोले नामसरी गरिदिन भन्दै मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।

बागलुङ नगरपालिका २ हल्लनचोकमा रहेका कित्ता न.८८०/४५९को क्षेत्रफल ११५-२५ /११९-२२ वर्गमटिर भएको घर जग्गा र सोले चर्चेको सम्पूर्ण सम्पति नामसरीको लागि बैंकले पत्रचार गरेको हो ।

राष्ट्रिय सहकारी बैंकले पनि बागलुङ नगरपालिका वडा न  २मा रहेको किता नं. ४५७ को ०–४–३–३ क्षेत्रफल र कित्ता न। ०–४–२–१को क्षेत्रफल ०–४–२–१मा रहेको घर जग्गा सहित सबै सम्पति लिलाम गरिसकेको छ

नेपालीको नाममा रहेको यो जग्गा पनि गोप्य बोल कबोलकै आधारमा १३ करोड २५ लाख रुपैयाँमा बिक्रि गरिएको छ । सबैभन्दा धेरै रकम कबोल गर्ने बागलुङ नगरपालिका वडा न.११ का गोमा कुमारी क्षेत्रीको नाममा नामसरि गर्न मालपोतलाई पत्रचार गरिएको छ ।  यसको लिलामीको प्रक्रिया २०८०/०८/१३ गतेदेखी सुरु गरिएको थियो । साँवा, ब्याज केही पनि भुक्तानी नगरेपछि सहकारी बैङ्कले लिलामीको लागि पटक–पटक विभिन्न पत्रिकामा सूचना प्रकाशन गरेको थियो । अध्यक्ष नेपाली २०८० जेठ ५ गतेदेखि फरार रहेका छन् । तर संघर्ष समितिका संयोजकले भने आफ्नो सम्पर्कमा रहेको जनाएका छन । हमलपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाले बैंक र सहकारीबाट दाखिला पत्र आएको बताए । उनले पत्रबारे अदालत, जिल्ला प्रशासन कार्यालयसँग परामर्श गरि प्रक्रिया अघि बढाइने बताए । बागलुङमा मात्र झण्डै १५ सय जना पिडित रहेकाे संघर्ष समितिले जनाएको छ । 

प्रतिक्रिया