घोडा चढ्न जाउँ है ढोरपाटन

  • माघ २६, २०७८

बागलुङ,-  बागलुङ सदरमुकाममा स्थायी बसोबास गर्ने राजन रेग्मी पेशाले उनि पत्रकार हुन । उनि हिँडन डुल्न र रमाईलो गर्न धेरै मनपाउँछन । उनलाई नयाँ नयाँ कुराको अनुभव लिनका लागि निकै मन लाग्छ । सानै देखिको उनको घोडा चढ्ने चाहना जिल्लाको ढोरपाटनमा पुगेर पुरा भएको छ । 
    मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा राजन मात्र हैन अन्य आन्तरिक पर्यटक पनि घोडा चढ्नकै निम्ती पुग्ने गरेका छन । समथर ढोरपाटन उपत्यका ठुलो क्षेत्रफलमा फैलिएको हुँदा यहाँ आउने पर्यटक घोडा चढ्रै घुम्ने गरेका छन । केहि समय अगाडी सम्म कोरोनाको कारण पर्यटक आउने क्रम कम भए पनि पुन अहिले आन्तरिक पर्यटक बढ्दै गएका छन । यस क्षेत्रमा हिउँ पर्ने र रमाईलो दृश्य हेर्न पाईने हुँदा आन्तरिक तथा बाह्र पर्यटकहरुको आगमन बढ्दै गएको छ । 
घोडा चढ्नकै लागि ढोरपाटन पुग्छन पर्यटक
    सिकार आरक्षमा प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने गर्दछन । सिकार खेल्नका लागि भने बाह्र पर्यटक हेलिकप्टर मार्फत नै पुग्ने गरेका छन । त्यहाँ पुगेपछि भने अधिकाशंले घोडा नै चढने र ढोरपाटन उपत्यका, ढोरबाराही मन्दिर घोडा नै सवार गरेर पुग्ने गरेको स्थानिय होटल व्यवसायी सुरज पौडेलले बताए ।  गत कार्तिक १३ गतेका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले ढोेपाटन सिकार आरक्षको अवलोकन गरे सँगै यस क्षेत्रमा आन्तरिक पर्यटक झनै बढ्दै गएको पौडेल बताउँछन । बागलुङ, म्याग्दी र  रुकुम जिल्लामा पर्ने सिकार आरक्ष करिब एक हजार तीन सय २५ वर्ग किमीमा फैलिएको छ । सो क्षेत्र घुम्नको लागी बागलुङ, पर्वत, म्याग्दी सहित गण्डकी प्रदेशको केन्द्र पोखरा, काठमाडौँ, वुटवल, चितवन लगायतका ठाउँबाट आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दुई वर्ष कोरोनाको महामारीका कारण पर्यटकको संख्या ह्वात्तै घट्यो, अहिले भने केहि उद्धार भएको छ । होटलमा मात्र तीन हजार पाँच सय भित्रिएको छन् । पौडेलले भने, वर्षाको समयमा बाहेक अन्य समयमा दैनिक सयौंको संख्यामा पर्यटक आउने गर्दछन । विषेश त चैत्र–बैशाखको समयमा लालीगुराँस फुल्छ यो समयमा पर्यटकको चाप झनै बढ्दै जाने गर्दछ । 
हिउँ सँगै घोडाचढी रमाउँदै
मंसिर पौष र माघ महिनामा यस क्षेत्रमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटकहरुले हिउँ खेल्नकै लागी आउने स्थानिय धनिमला विकले जानकारी दिईन ।  ढोरपाटन घुमघाम सँगै यहाँ आउने पर्यटकको अर्को आर्कषण हिउँ खेल्ने र  घोडचडी पनि हो । पर्यटकहरु घोडा चढेर उपत्यका घुम्नेगर्दछन उनले भनिन् । ढोरपाटन क्षेत्र रमाईलो र घोडा चढ्र घुम्न पाईन्न भन्ने थाहा पाएरै यस क्षेत्रमा घुम्न आएको बुटबल बाट ढोरपाटन घुम्न आएको रमाकान्त घिताल बताउँछन । मुलुककै एक मात्र सिकार क्षेत्र रमाईलो छ भन्ने सुनेर घुम्न आईयो । पहिलो पटक आएको घोडा चढ्न पनि पाईयो, धितालले भने,‘–निकै रमाईलो र फरक अनुभव गर्न पाईयो’ उपत्यका घुमियो, बाईस धारामा गईयो, घोडामा चढियो । तराई क्षेत्रमा बसेकालाई लेकमा आउदा छुट्टै अनुभव हुने रहेछ । हामी ६ जनाको गु्रप आएका थियौं सवै क्षेत्र घुमेर फर्कियौं । 
घोडा चढी स्थानियको रोजीरोटी
ढोरपाटन उपत्यकमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने, र टिकटक बनाउने पर्यटकहरुको संख्या पनि धेरै रहेको छ ।  घोडा चढेर पर्यटकले मनोरञ्जन मात्र लिएका छैनन, स्थानिय केहि युवाको घोडा रोजीरोटी पनि बनेको छ । यस क्षेत्रमा घोडा पालेर पर्यटकलाई घुमाए बापत पैसा लिने गरिन्छ । यस स्थानिय युवाहरुलाई पनि आर्थिक आर्जनको पाटो भएको छ ।  प्राय पर्यटकहरु घुम्नको लागी शुक्रबार र शनिबारको दिन पारेर पर्यटकहरु धेरै मात्रामा आउने गर्दछन, स्थानिय युवा दिपक विक भन्छन,–‘पर्यटकको मनोरञ्जन र घुमाउने प्रयोजनका लागि हामीले घोडा पालेका छौं । यहाँ आउने पर्यटक घोडा चढ्र जाने गर्दछन ।  ढोरपाटन आएर घोडा नचढी कोही पनि फर्कदैनन् । पर्यटकको बाक्लो उपस्थिति भएको बेला दैनिक २ देखी ५ हजार सम्म कमाई हुने विकले बताए । 
विषेश त यस क्षेत्रका युवाहरुले हप्ताको २ दिन अर्थात शुक्रबार र शनिबार घोडा चढ्ने पर्यटकलाई विषेश प्राथमिकता दिँदै आएका छन । हप्ताको दुई दिन घोडा चढाउने काम गर्ने र अन्य दिनमा सवारी साधनमा सहचालकको रुपमा काम गर्ने स्थानिय बिक्रम बिकले बताए । ‘कहिले कमाई राम्रै हुन्छ, कहिले भने अलिकति हुन्छ, कमाएको पैसाले घोडालाई दाना, भुस, धुटो लगायतका दानापानी खुवाउनु पर्छ केहि पैसा उतै जान्छ बचेको रकमले घर खर्च चलाउँछौं उनले भने ।  घोडाका लागि दाना महंगो हुने हुँदा यसलाई पाल्नका लागि कठिनाई रहेको समेत उनले बताए । 
बागलुङ बजारबाट १ सय २० किमी दुरीमा ढोरपाटन
ढोरपाटन उपत्यकामा पुग्नको लागी बागलुङ सदरमुकामबाट करिब एक सय २० किलोमिटर दुरी पार गर्नु पर्दछ । मध्यपहाडी लोकमार्गको हुदै ९० किलोमिटरको दुरीमा ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ बजारमा पुग्न सकिन्छ भने बुर्तिवाङबाट करिब ३० किलोमिटरको दुरीको कच्ची सडक मार्फत त्यहाँ पुग्न सकिन्छ ।
 


 

प्रतिक्रिया