प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानद्वारा १३ लाख ५० हजार सहयोग 

  • मङ्सिर १, २०८२

बागलुङ- बागलुङ जन्मघर भै रोजगारी तथा विभिन्न शिलशिलामा जापान गएका बागलुङे हरुले जिल्ला सदरमुकाममा प्रयोगशाला निर्माणका निम्ती सहयोग गरेका छन । जापानमा रहेको बागलुङेहरुको साझा संस्था बागलुङ समाज जापानद्वारा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रको प्रयोगशाला निर्माणका लागि १३ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ । सोमबार रक्तसंचार सेवा केन्द्रमा आयोजित एक कार्यक्रममा बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति जगन्नाथ आचार्य, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई संयुक्तरुपमा सो रकम हस्तान्तरण गरेका छन । 
धौलागिरी प्रादेशिक अस्पताल परिसरमा नै रहेको रक्तसञ्चार केन्द्रमा संकलन भएको रगतको व्यवस्थापनका साथ अन्य जाँचका लागि आवश्यक उपकरण खरिदका लागी सो रकम प्रयोग गरिने सभापति आचार्यले जानकारी दिए ।
आफ्नो जन्मभुमीमा केही पुण्यको काम गरौँ भन्ने उद्देश्य अनुरुप मानविय सेवामा सर्मपित संस्था रेडक्रसम मार्फत नै स्वास्थ्य क्षेत्रको विकासमा जोडिएको बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए । उनले  रक्तसञ्चार सेवा केन्द्रको काम नजिकबाट हेरिरहेको बताउँदै मानिसको जीवन बचाउने सबैभन्दा महत्वपुर्ण मानविय कार्य अरु कुनै नभएकाले आफुहरुले यसमा हातेमालो गरेको बताए । उनले यस क्षेत्रका बिरामीहरु रगत अभाबकै कारण रिफर हुन नपरोस भन्ने आफ्नो चाहना अनुरुप नै बागलुङेहरु एकजुट भएर रकम संकलन गरेको बताए । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले अस्पताललाई चुस्त राख्नको लागि पनि रक्तसञ्चारको सेवा महत्वपुर्ण हुने बताए । उनले विभिन्न निकायको सहयोगले अस्पतालको सेवा प्रवाहको निम्ती ठुलो राहत भएको बताए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ विदेशमा रहेर पनि आफ्नो जन्मभुमी प्रतिको माया  स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सहयोग गरेकोमा समाजलाई धन्यबाद दिएका थिए । उनले बागलुङका हरेक क्षेत्रको विकासका निम्ती विदेशमा रहेका बागलुङेले हातेमालो गरेको बताए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरूङ, धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डन्ट डा. किरण तिवारी, स्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटा, कोष खड्का लगायतले बोलेका थिए । रञ्चसंचार केन्द्रमा आर्थिक अभावमा संचालनमा आउन नसकेको रातो र सेतो रगत छुट्टाउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) अब दुई महिनाभित्रै संचालनमा सभापति आचार्यले जानकारी दिए ।  गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिकालगायतको सहयोगमा खरिद गरिएको उक्त मेसिन तीन वर्षदेखि प्रयोगमा नआइ थन्किएको थियो ।
सुरुमा रु. २३ लाख मूल्यको मुख्य मेसिन प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको थियो । त्यसयता अन्य मेसिन र सामग्री खरिदमा झण्डै रु. एक करोड खर्च भइसकेपनि सेवा सञ्चालनमा आउन सकेको थिएन ।
मेसिनको जोहो करिब भइसकेपनि सेवा सञ्चालनमा ल्याउन थप बजेट र तालिमप्राप्त जनशक्तिको खाँचो रहेकाले बागलुङ समाज जापानले गरेको सहयोगले ठूलो मद्दतत पुगेको सभापति आचार्यले बताए । मेसिन राख्ने कोठा निर्माण, व्यवस्थापन, बिजुली, एसी जडानलगायतका काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
धवलागिरि क्षेत्रमै पहिलोपटक उक्त उपकरण ल्याइएपनि सञ्चालनमा नआउँदा सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । रक्तसञ्चार सेवा केन्द्रका इञ्चार्ज गुरुदत्त शर्माका अनुसार डेङ्गु, कोराना, क्यान्सरलगायतका बिरामीलाई सेतो रगत अत्यावश्यक पर्दा उक्त उपकरण आवश्यक पर्छ ।
कार्यक्रम सभापति आचार्यको अध्यक्षता उपसभापति राजेन्द्र आचार्यको स्वागत र मन्त्री भवानी प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय