निलगिरीको १६ औं स्थापना दिवसमा आश्रममा कपडा र खाद्य सामाग्री सहयोग 

  • जेठ २८, २०८०

बागलुङ -  बागलुङ सदरमुकामा संचालित निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं स्थापना दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा बागलुङमा संचालित मानवसेवा आश्रममा लत्ता कपडा र खाद्यन्न सहयोग गरिएको छ । सहयोग  कार्यक्रममा बोल्दै सहकारीका सल्लाहकार एवं बागलुङ नगरपालिका ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले सहकारीले विगत देखी नै सामाजिक क्षेत्रमा ठुलो योगदान गर्दै आएको बताए । उनले पछिल्लो समयमा केही सहकारी विग्रिएको कारोबारले निलगिरी सहकारीलाई कुनै असर नपर्ने बताए । गौतमले निलगिरी सहकारीमा ढुक्क सँग कारोबार गर्न समेत सवै शेयर सदस्यलाई आग्रह गरे । सहकारीले आफ्नो सामाजिक कार्यक्रम अन्तरगत हरेक वर्ष सामाजिक क्षेत्रमा नै सहयोग गरेर स्थापना दिवस मनाउँदै आएको छ । हाल झण्डै १ हजार २ सय शेयर सदस्य रहेको संस्थाले बागलुङ नगरपालिका–१३ पैयुँपाटाबाट पनि आफ्नो सेवा केन्द्र संचालन गर्दै आएको छ । 
कार्यक्रम निलगिरी सहकारी संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता मानवसेवा आश्रमका संयोजक विपना तामाङको स्वागत र सहकारी संस्थाका सहसचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया