बागलुङ- नेकपा एमाले बागलुङ जिल्लाको कार्यवाहक अध्यक्षको जिम्मेवारी कृष्ण पाठकलाई प्रदान गरिएको छ । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा एमालेको १० औँ महाधिवेशन बाट केन्द्रीय सदस्यमा चयन भएपछि जिल्ला उपाध्यक्ष पाठकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका बागलुङका नेताहरुलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले पाठकलाई माइनट हस्तान्तरण गरि जिम्मेवारी प्रदान गरेका थिए ।
जिम्मेवारी हस्तान्तरण गर्दै जिल्ला अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले पाठकलाई समग्र बागलुङका एमालेको जिम्मेवारी पाएकोमा बधाई दिदै आगमी दिनमा जिल्लामा एमालेको बिरासत कायम राख्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्र्दै शुभकामना व्यक्त गरे । एमालेको १० औँ महाधिवेशन नेपालको कम्युनिष्ट आन्दोलनको अविस्मरणीय महाधिवेशन भएको बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मनकुमारी केसीले १० औँ महाधिवेशनमा बागलुङको महत्वपुर्ण उपस्थिती रहेको भन्दै आगामी दिनमा पनि बागलुङले राष्ट्रिय राजनितीमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन। पार्टीमा रहेर विभिन्न भुमिका निवाह गर्दै बागलुङले आफुलाई केन्द्र सम्म पुराउन खेलेको भुमिकालाई सधै आत्मसाथ गर्दै समग्र बागलुङको कम्युनिष्ट राजनीतिलाई अग्रपंतीमा ल्याउनका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बहादुर नेपाली, सावित्री राना, प्रदेश सचिवालय सदस्य जनकराज पौडेल, हिरा केसीले शुभकामना मन्तव्य राखेका थिए ।