• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • अर्थतन्त्र

सहकारी नाफा मुखी मात्रै हैन सेवा मुखी पनि हुनुपर्छ : मन्त्री बुढा

  • असोज १, २०७९

बागलुङ-  गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा सागरले सहकारी संस्थाहरु नाफा बाड्ने  संस्थाको रुपमा भन्दा पनि सेवा मुखी संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताए । बागलुङमा रहेको लखन बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बुढाले सहकारी समाज रुपान्तरणको मुख्य माध्ययम भएको हुँदा बढि सेवा मुखी बनाउनुपर्नेमा जोड दिए । उनले सहकारीको माध्ययमबाट छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामाजिक रुपान्तरण गर्न जरुर रहेको बताए ।

बुढाले सहकारीले राज्य संग सहकार्य गरेर बढि भन्दा बढि आम नागरिककको सेवामा जोडिनुपर्ने कुरामा जोड दिए । ‘अहिले तिन तहका सरकार छन । हरेक सरकार सँग सहकारी सम्बन्धलाई प्रगाढ बनाऔं । मन्त्री बुढाले भने,– तिन तहका सरकार सँगको सहकार्यमा सामाजिक एवं आर्थिक रुपमान्तरणका लागि भुमिका खेलौं ।’

उनले गण्डकी प्रदेश सरकारले सहकारी सँग समाजिक आर्थिक सास्कृतिक रुपमान्तरणको अभियानमा साथ दिने बताए । उनले व्यवसायी, स्वरोजगार, र आत्मनिभरको मुख्य माध्ययम पनि सहकारी पहिचान भएको बताए । 
बुढाले सवैको अपनत्व हुने गरी सहकारीको संस्थागत विकास गर्नुपर्ने कुरा जोड दिँदै आउँदा दिनमा लखन सहकारी जस्ता हजारौं सहकारीले नेपालको गरिबी निवारणका लागि महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।

‘सहकारीलाई उत्पादन सँग पनि जोडौं, उत्पादन सँग जोडियो भने, रोजगार सिर्जना हुन्छ । रोजगारले गरिबी निवारणका लागि सहयोग पु¥याउँछ । यसले देशको आर्थिक नितिमा पनि सुधार आउँछन बुढाले भने । उनले मुलुकमा अर्थतन्त्रमा समस्या रहेको हुँदा सवै सहकारीलाई उत्पादनमा आधारित बनाउनुपर्ने बताए । मन्त्री बुढाले लखन सहकारी संस्था जिल्लामा छुट्टै पहिचान बोकेको हुँदा अब हरेक वर्ग र समुदायको हुनुपर्नेमा जोड दिए । 
२०६६ सालमा स्थापना भएको यस सहकारीमा हाल ८४० जना शेयर सदस्य रहेका छन । संस्थाको गत आव ०७८।०७९ मा कुल  कारोबार १ अरब ६५ करोड ४९ लाख २५ हजार २०५ रुपैयाँ बराबरको भएको संस्थाका सचिव गगन बहादुर पुनले जानकारी दिए । संस्थामा हाल २० हरोड ९३ लाख ६० हजार ८०५ रुपैयाँ कुल पुँजी छ भने ४ करोड ५० लखा ७४ हजार ७०० शेयर पुँजी रहेको छ । संस्थाले साधारण सभाकै अवसरमा उत्कृष्ट कारोबार गर्नेलाई सम्मान समेत गरेको छ । साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने सचिव पुनले बताए । 
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एवं संस्थाका शेयर सदस्य खड्क थापा पुर्व संचालक मिनबहादुर श्रीष लगायतले शुभकामना व्यक्त गरेका थिए । 
कार्यक्रम संस्थाका अध्यक्ष क्या. खड्क बहादुर पुनको अध्यक्षता, उपाध्यक्ष कुसुम बुढाको स्वागत र सहसचिव रेशम थापा मगरको संचालनमा सम्पन्न भएको थियो । साधारण सभामा सचिव गगन बहादुर पुनको प्रगती प्रतिवेदन, कोषाध्यक्ष तेजेन्द्र थापाको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक ज्ञान बहादुर थापाको लेखा प्रतिवेदन पास गरेको छ । 

प्रतिक्रिया