बागलुङ काँग्रेस अधिवेशन: पुन: निर्वाचनमा एक हजार ६ सय ५० मत खस्यो

  • मङ्सिर १२, २०७८

बागलुङ कांग्रेसको सभापतिमा भएको पुन मतदानमा कुल एक हजार ६ सय ५० मत खसेको छ । शनिबार भएको निर्वाचनमा भन्दा ३८ भोट कम खसेको छ । शनिबार सभापतिका उम्मेदवार जगदिशचन्द्र उपाध्याय जित शेरचन र द्रोर्ण कुँवर कसैले पनि  ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान भएको थियो । शनिबार सभापतीका लागि एक हजार ६८८ मत खसेकोमा आइतबारको पुन मतदानमा एक हजार ६५१ मत खसेको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले बताए । पहिलो पटकको मतदानमा सास्ती खेपेको भन्दै केही प्रतिनिधिले दोस्रो पटक मतदानमा सहभागी हुन आएनन् ।  शनिबारको निर्वाचनमा ७९० मत ल्याएका जगदीश चन्द्र उपाध्याय र ६८६ मत ल्याएका जीतबहादुर शेरचन बीच निर्वाचन पुन निर्वाचन भएको थियो भने अर्का उम्मेदवार दोर्णकुमार कुँवरले १८६ मत ल्याएपछि निर्वाचन प्रकृया बाट बाहिरिएका थिए  । 
नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था भएपछि पुन मतदान भएको थियो । मतदान सकिए सँगै अहिले साँझ देखी मतगणना हुने निर्वाचन अधिकृत शर्माले जानकारी  दिए । 

प्रतिक्रिया