बागलुङ । जिल्लाको दक्षिण जैमिनीका अधिकाशं वडाहरुमा बाँदर आतंकले किसानहरु हैरानी खेप्नु परेको छ । गाउँघरमा लगाएको अन्नबाली जोगाउन मुस्किल छ । हेरालो बस्दा पनि लगाएको अन्नबाली राम्रो सँग उत्पादन गरेर किसानहरु घरमा भित्राउन पाउँदैन् । यस्तो हैरानी खेपेको बेला जैमिनी नगरपालिकाले भने बाँदर नियन्त्रणका निम्ती बन्यजन्तु पार्कको अवधारणा ल्याएको छ । नगरपालिकाले वडा नं.– ८ छिस्तीको पुरानो गाउँमा बन्यजन्तु पार्क निर्माणका लागि सम्भावना अध्ययन थालनी गरेको छ । नगरपालिकाले शनिबार स्थानिय र विभिन्न सरोकावरावाल निकाय सँग छलफल पनि गरेको छ ।
बृहत योजना सहित पुरानो गाउँमा रहेको राष्ट्रिय बनमा संघ र प्रदेश सरकार सँग समन्वय गरी बन्यजन्तु पार्क निर्माण गर्ने योजना बनाएको जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताए । पुनका अनुसार यस क्षेत्रमा रहेका सवै बाँदरहरुलाई यही जंगलमा छाड्ने र यहाँ बाटा बाहिर जान नसक्ने गरी व्यवस्थापन गर्ने योजना रहेको छ । तर यसका लागि ठुलो योजना आवश्यक पर्ने नगरप्रमुख पुनको भनाई छ । ‘जैमिनी क्षेत्रमा बाँदरका आतंकले बसाईसराई बढ्दै गएको छ । यसको रोकथामका निम्ती हामीले बाँदर बैगैचा अर्थात ‘मंकी पार्क’को परिकल्पना गरेर छलफल अगाडी बढाएका छौं नगरप्रमुख पुनले भने, –‘सवै कुराको सम्भाव्यता अध्ययन गछौं के कति सम्भव छ सोही अनुसार अगाडी बढ्छौं । यहाँ बाँदर सँगै अन्य बन्यजन्तुको पनि संरक्षण हुनुका साथै पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने छ । पहिलो चरणको छलफलमा सवैको सकरात्मक धारण आएको छ । हामी बृहत छलफल गरेर अगाडी बढ्ने छौं । ’
समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईमा रहेको पूरानो गाउँमा ‘बाँदर बगैचा’ निर्माणको प्रारम्भीक छलफल थालिएको हो ।’ बाँदर बगैँचामा किसानको खेतिमा क्षति पु¥याउने बाँदरहरु राखिनेछ । नगरपालिकाको योजना अनुसार बाँदरलाई व्यवस्थापन गर्न सकियो भने यसको आतङ्कबाट आजित भएर बसाई सर्न बाध्य भएका नागरिकलाई राहात पुग्ने उनले बताए ।
‘यो प्रारम्भीक चरणको छलफल हो, यो अन्तराष्ट्रिय स्तरको अनुसन्धान केन्द्र पनि बन्न सक्छ, आकर्षक पर्यटकीय गन्तव्य पनि बन्न सक्छ’ पुनले भने–‘देशकै पहिलो बाँदर बगैचा बन्न सक्छ ।’ उनले यो बाँदर बगैचा मात्र नभएर प्राकृतिक वन्यजन्तु पार्कको रुपमा विकास गरिने बताए ।
बाँदर बगैचामा किसानको खेति ध्वस्त पार्ने बादरलाई ब्लक बनाएर राखिने नगर उपप्रमुख हरिहर शर्मा बताउँछन । बाँदरको पनि विभिन्न ग्रुप हुने रैछ सोही अनुसार ब्लक बनाएर राखिने छ नगर उपप्रमुख शर्माले भने –‘बाँदर बगैचाबाट जङ्गली बन्यजन्तुका साथै वनजङ्गलको संरक्षणमा समेत सहयोग पुग्ने छ ।’ यो नमुना वन्य जन्तु पार्क बन्ने छ । पार्क निर्माणका निम्ती डिपिआर (वृस्तित सम्भाव्यता अध्ययन) गरेर काम थाल्ने शर्माको भनाई छ । ‘पूरानो गाउँ निकै फराकिलो छ, रमणीय पनि छ, वन्यजन्तुको प्राकृतिक बासस्थानको लागि उपयुक्त छ’ उनले भने–‘त्यसैले डिपिआर तयार गरेर काम गरिनेछ ।’ आवश्यक कानुनको अध्ययन गरेर थप प्रक्रिया अगाडी बढाईने शर्माले बताए ।
कालीगण्डकी करिडोरसँग जोडिएकोले बाँदर बगैचा आकर्षक पर्यटकीय गन्तव्य बन्ने शर्माको भनाई छ । बाँदरको आतंक रोक्नका निम्ती छिमेकी पालिकामा पनि कठिनाई भएको हुँदा सवै सँग समन्वय गर्ने उनले बताए ।
पूरानो गाउँ ४ हजार २ सय रोपनी समथर जमिन सहित ७ हजार २ सय रोपनीमा फैलिएको छ । केही समय पहिले जैमिनी नगरपालिकाले आयोजना गरेको विज्ञ सम्मेलनबाट प्राप्त सुझाव अनुसार बाँदर बगैचा निर्माणको लागि छलफल अघि बढाईएको शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यले बताए । बाँदर बगैचाको लागि पूरानो गाउँ उपयुक्त रहेको उल्लेख गर्दै उनले कुनै समय आकर्षक पर्यटकीय गन्तब्य बन्न सक्ने बताए । उनले बादरको दीर्घकालीन व्यवस्थापन सहित बाँदर बगैचा निर्माण गरिने बताए ।
बाँदर बगैचाको लागि प्रारम्भीक छलफल भएको र यस क्षेत्रमा उक्त सम्भावना हुन सक्ने जिल्ला बन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारील बताउँछन । बाँदर बगैचा निर्माणको लागि प्रारम्भीक चरणको अध्ययन गर्न आफुहरुले सघाउने उल्लेख गर्दै उनले प्रोजेक्ट बन्नै बाँकी रहेको बताए ।
उनले वृस्तित सम्भाव्यता अध्ययन सहित वातावरणीय प्रभाव मुल्याङ्गन लगायतका काम गरिने र सोही अनुसार योजना अगाडी बढ्ने बताए । बाँदर बगैचा निर्माणको लागि संघीय सरकारले नै ठुलो सहयोग गर्नुपर्ने बताए ।