पोखरा - गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ (३९.५ प्रतिशत) र पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ (५९.७ प्रतिशत) छुट्याइएको छ । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ (०.८) प्रतिशत छुट्टाइएको छ । अर्थमन्त्री गुरुङले बजेट प्रदेशको समावेशी, दिगो र सन्तुलित विकासमा केन्द्रित रहेको उल्लेख गरे। उनले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए।